Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिलालाई उद्धमी बनाउने ‘प्रोजेक्ट लन्च बक्स’ उद्घाटन

१८ भाद्र २०७३, शनिबार १२:३४


भदौ १८, ललितपुर | अमेरिका राजदुतावास युवा परिषद २०१५ को सहयोग र दायित्वको सहकार्यमा गृहिणी महिलाहरुलाई उध्यमी बनाउने उध्यश्यले 'प्रोजेक्ट लन्च बक्स' उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 

सनिबार ललितपुरको बाडेगाउँ स्थित बुद्ध उच्च माविमा सचेत कृषि सहकारी संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । 'भान्सादेखि उद्धमसम्म महिला' भन्ने नारामा सुरु भएको उक्त प्रोजेक्टले बाडेगाउँका स्थानीय महिलाहरुलाई उद्धमीको रुपमा बिकास गर्ने प्रोजेक्टमा संलग्न कविता चापागाईले बताईन । चापागाईको अनुसार उक्त प्रोजेक्टमा प्रोजेक्ट सदस्यहरुले एक बर्षसम्म सहकार्य गर्नेछन् र पछी स्थानीय महिलाहरुले उक्त कामको निरन्तरता दिनेछन् । उक्त प्रोजेक्टले स्थानीय स्तरमा संचालित कार्यालय तथा निकायहरुलाई स्वस्थ र सफा परिकारहरु माग बमोजिम वितरण गर्नेछ ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका कार्यकारी अध्यक्ष रोम बहादुर महतले महिलालाई उद्धमीको रुपमा बिकास गर्ने 'प्रोजेक्ट लन्च बक्स' कार्यक्रमलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरे । लन्च बक्स उद्घाटनको प्रमुख अथितिको रुपमा रहेका उनले यो प्रोजेक्ट बाडेगाउँमा सफल रुपमा अगाडी बढेको खण्डमा त्यसको सिको अरुले पनि गर्ने भन्दै यस्तो खाले प्रभावकारी कार्यक्रममा सक्रिय सहभागी हुन कार्यक्रममा उपस्थित महिलाहरुलाई हौस्याए । 


त्यस्तै कार्यक्रममा बोल्दै सचेत कृषि सहकारी संस्थाकि अध्यक्ष पार्वती श्रेष्ठले प्रोजेक्ट लन्च बक्सको परिकार खान चाहनेहरुले मुखलाई मिठो लाग्ने स्वाद भन्दा पनि सरिरलाई फाइदा पुग्ने खालको खाने कुरा खानुपर्ने बताइन । उनले भनिन् – 'स्वास्थ्यको लागि यो प्रोजेक्टले दिने खाना निकै स्वस्थ, सफा र ताजा हुनेछ । स्वस्थ  परिकार बनाउने  क्रममा स्वादमा भने 'कम्प्रमाइज' गर्नुस् ' 


त्यस्तै कार्यक्रममा बोल्दै अमेरिकी राजदुतावासकि सुचना अधिकारी इन्सेक स्टेन्ह्यामले नेपालमा महिला सशक्तिकारणको लागि भएको उपयोगी प्रोजेक्टमा अमेरिकी राजदुतावासमार्फत सहयोग गर्न पाउँदा खुसि लागेको बताइन । उनले यो प्रोजेक्टमा बिशेष भूमिका खेल्ने अमेरिका राजदुतावास युवा परिषद २०१५ अन्तर्गतका सदस्यहरुलाई समेत धन्यावाद दिइन । प्रोजेक्ट उद्घाटन पछी सनिबार दर खाने दिन तथा तीजको अवसर परेकाले स्टेन्ह्याम स्थानीय महिलाहरुसंग छमछम नाचेकी थिइन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला