भदौ १९, पर्बत | जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको छ । विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पर्बत | जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको छ । विद"/>
२०८२, ४ फाल्गुन सोमबार
अर्थ/विकास

पर्बत जिल्लाकै सवैभन्दा लामो झोलुङगे पुल सम्पन्न गर्न विद्युत लाईन बाधक

२०७३, १९ भाद्र आईतवार ०६:२९

भदौ १९, पर्बत | जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको छ । विद्युत लाईनकै कारण कुश्मावडागाउँ –मुडिकुवा झोलुङगे पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुलको लठ्ठा तान्न विद्युत लाईनका कारण असंम्भव भएपछि निर्माणको कार्य रोकिनु परेको हो । पुलको लठ्ठालाई वारि कुश्मातिरबाट मोदी खोलामा खसाली फेरि मुडिकुवाको माथिल्लो डिलमा तानेर पुराउनुपर्ने हुन्छ ।

 विद्युत लाईन अवरोध बनेको कारण महिनौ पहिलेदेखि पुलको निर्माण कार्य रोकिएको उपभोक्ता समितिको गुुनासो छ । उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार चार वटा लठ्ठा वारिबाट खसालेर मोदिपारि पुराइएको छ भने ८ वटा लठ्ठा तान्न बाँकी छ । अध्यक्ष तिवारीले शसस्त्र प्रहरी चण्डीका बलका ५० जना जवानहरुको सहायताले लठ्ठा तान्ने काम गरिएको तर विद्युत लाईनका कारण माथि डिकमा पुराउन नसकिएको बताए ।

पर्वतकै दक्षिणी भेग र कार्कीनेटा क्षेत्रतिर निर्माणाधिन पुल मुन्तिरबाट ३३ केभी क्षमताको विद्युत लाईन प्रसारण गरिरहेको अवस्था छ । प्राधिकरण कार्यालय पर्वतलाई उपभोक्ता समितिले लाइन हटाइदिन अनुरोध गर्दै पत्र पठाएको पनि हप्तौ भईसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले समेत लाईन सारिदिनु हुन भन्ने आशयको पत्र पठाइसकेको बताईन्छ तर सुनुवाई भने भएको छैन ।

झोलुङ्गे पुल निर्माणको कार्य रोकिनु पर्दा आउँदै गरेको चाड दशै तिहारमा सर्वसाधारणलाई पुलबाट आवतजावत गराउने भन्ने उपभोक्ता समितिको लक्ष्य पुरा नहुने भएको छ । समितिका अध्यक्ष तिवारी भन्छन्–‘दशैको केही दिन पहिलासम्म पुल निर्माणको कार्य सम्पन्न गरी दशैमा टाढा टाढाबाट आउने दाजुभाईहरुलाई सजिलै आफ्नो घरगाउँसम्म पुग्न सजिलो होस् भन्ने थियो तर विद्युतले ढिलो गरिदिदा नसकिएला जस्तो छ ।’

उता विद्युत प्राधिकारण कार्यालय पर्वतका अधिकृत विजयराज रेग्मीलाई विद्युत लाईन सारी दिन ढिलाईबारे जिज्ञासा राख्दा उनले दशैसम्ममा सकिने बताउँछन् । एक वर्ष पहिले पुल निर्माण काम थालिएको भएपनि ढिलो गरी विद्युत लाईन सार्न आग्रह गरिएको अधिकृत रेग्मीको गुनासो छ । पुलको विद्युत लाईन सार्न  विद्युत प्रसारण लाइन सारी दिने भन्ने निवेदन र जानकारी नै ढिलागरी आएकोले पनि काममा ढिलाई भएको भन्ने विद्युत अधिकृत रेग्मीको भनाई छ । अधिकृत रेग्मीले लाईन सार्नका लागि आवश्यक पर्ने सामाग्रीहरु आईपुगेको र अव छिटै काम अगाडि बढ्ने समेत बताए । वडागाउँ–मुडिकुवा झोलुङगे पुलले सदरमुकाम कुश्मासँग पर्वतका दक्षिणी २२ वटा गाविस र बाग्लुङका १० गाविसका वासिन्दाहरुलाई प्रत्यक्ष जोड्ने साथै आवतजावतमा सहज बनाउनेछ । कुल लागत २ करोड ५८ लाख रहेको झोलुङ्गे पुलको लम्वाई ३५९ मी र उचाई १५५ मी रहने ठेकेदार ओम गौचन बताउँछन् । यो पुलको निर्माण मुक्तिनाथ एण्ड गीता कन्ट्रक्सनले गर्दैछ । पुलको निर्माण कार्य डिप निर्माण, हावा लठ्ठाको काम लगायत सकिएको अवस्था छ भने निर्माणका आवश्यक सामाग्री जाली, नट, बल्टु लगायत ल्याई राखिएको ठेकेदारको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने