२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

२०७९, २९ जेष्ठ आईतवार ०६:३२

जेठ २९, काठमाडौं | सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई आधार मानेर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।  यसआधारमा कम्पनीले न्यूनतम ३४४.३६ रूपैयाँ पैसादेखि अधिकतम १०३३.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यो आधारमा कम्पनीको धितोपत्रको दोस्रो बजार (नेप्से) मा पहिलो कारोबार न्यूनतम ३४४ रुपैयाँदेखि १०३३ रुपैयाँसम्म जुनसुकै मूल्यमा पनि कारोबार खुला हुन सक्नेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सीवाईसीएल संकेत (सिम्बोल) दिएको छ । सोमबारदेखि कम्पनीको यहि कारोबार संकेतमा लघुवित्तको सेयर कारोबार सुचारु हुनेछ । ओपनिङ रेन्ज अनुसार पहिलो कारोबार न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतम १०३३.०८ रुपैयाँभित्र रहेर हुनेछ ।

सीवाईसी नेपाल लघुवित्तको शुक्रबार कम्पनीको आईपीओसहित कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको धितोपत्रको कारोबार जेठ ३० गते सोमबार बिहान साढे १० देखि पौने ११ बजेभित्र स्पेशल प्रि ओपनिङ्गमा कारोबार भएपछि नियमित कारोबार खुला हुनेछ ।

लघुवित्तले २–६ वैशाखसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कुल जारी सेयरमध्ये जारी पूँजीको ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

उक्त सेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ३ लाख ६९ हजार ४८८ कित्ता सेयर १५ वैशाखे बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका थिए । 

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख दुई हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यसअनुसार २२ लाख पाँच हजार ६३३ जनाको आवेदनबाट दुई अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको दुई करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी थियो । रद्द भएको तीन हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।

आईपीअघि आठ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने