असार १६, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकेको छ ।
यस्तैगरी युरो १ को खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ । चिनियाँ युआन १ को दरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा छ ।
कतार रियाल १ को खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा छ । साउदी अरब रियाल १ को खरिद दर ३३ रुपैयाँ ५९ र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा छ ।