भदौ २३, पर्वत  । पर्यटकीय जिल्ला भनेर चिनिदै गएको पर्वतको सदरमुकाम कुश्मा बजार अव सौर्यबत्तीले समेत झिलीमिली पारिदै छ । बजारको विभिन्न चोकमा १७ वटा सडक बत्ती जडान भएपछि रातीको समयमा सदरमुकाम झिलीमिली हुने भएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, पर्वत  । पर्यटकीय जिल्ला भनेर चिनिदै गएको पर्वतको सदरमुकाम कुश्मा बजार अव सौर्यबत्तीले समेत झिलीमिली पारिदै छ । बजारको विभिन्न चोकमा १७ वटा सडक बत्ती जडान भएपछि रातीको समयमा सदरमुकाम झिलीमिली हुने भएको हो ।

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सौर्यबत्तीले कुश्मा बजार झिलीमिली पारिदै

२०७३, २३ भाद्र बिहीबार ०७:१६

भदौ २३, पर्वत  । पर्यटकीय जिल्ला भनेर चिनिदै गएको पर्वतको सदरमुकाम कुश्मा बजार अव सौर्यबत्तीले समेत झिलीमिली पारिदै छ । बजारको विभिन्न चोकमा १७ वटा सडक बत्ती जडान भएपछि रातीको समयमा सदरमुकाम झिलीमिली हुने भएको हो ।

बजारका चोक र गल्लीमा सोलरबत्ती जडान गर्नका लागि यहाँका स्थानीय बजारबासी सक्रिय भई लागेका छन् । बत्ती जडान भएसँगै बजार क्षेत्रको सुरक्षाको अवस्था समेत अझ बढी सुदृढ हुने स्थानीयवासीको विश्वास छ । 

सौर्यबत्तीका लागि लाग्ने कुल लागतको समेत जोहो भईसकेको छ । एक सोलार बत्ती बरावर १ लाख १ हजार खर्च लाग्ने ठेकेदार सूर्य गौतमले बताएका छन् । यो खर्चमा व्याटूी, पोल, पाता, प्यानल समेत जोडिएर आएको छ ।  सोलार बत्तीका लागि उर्जा तथा वातावरण मन्त्रालयले ६५ प्रतिशत, नगरपालिका २० प्रतिशत र स्थानीयवासीले १५ प्रतिशत लगानी गरेको बताईन्छ । 

मंगलवारसम्म बजारमा १० वटा सोलार बत्ती जडान गरिसकेको स्थानीय सामाजिक कार्यकर्ता विष्णुप्रसाद नेवारले बताए । नेवार स्थानीयवासीको तर्फबाट सोलार बत्ती जडानमा संयोजनकारी भूमिका निभाएका व्यक्ति हुन् । उनका अनुसार बत्ती जडानका लागि स्थानीयवासीहरुले आ(आफ्नो टोलमा समूह गठन पनि गरेका छन् । 

सोलार बत्ती स्वाचालित रुपले सोलार प्यानलबाट संचालन हुने र यसको व्याटूीको वारेण्टी पाँच वर्ष, बत्ती ३ वर्ष र प्यानल पाता भने २० वर्षसम्म टिकाउ हुने निर्माण कम्पनि क्वालिटी रिन्यूएवल ईनर्जी प्रालिका संचालकको दावी छ ।

वजारको शिवालय चोक, धनेश्वर चोक, मैत्री चोक, पुरानो बन्दना नजिक, फिल्म हलचोक, मिलन चोक, मेलमिलाप चोक लगायत १७ स्थानमा बत्ती जडान हुनेछ । यो बाहेकका स्थानमा पनि बत्ती जडान गरिनुपर्ने स्थानीयवासीको माग छ । जिल्ला प्रहरी कार्यालय, कुश्मा नगरपालिका कार्यालय र स्थानीयको सहयोगमा सीसी क्यामरा जडान यस अघि भईसकेको छ । सौर्य बत्ती जडानपछि सीसी क्यामरालाई रातीको समयमा तस्वीरहरु लिन समेत सजिलो हुने देखिन्छ । सोलार बत्तीको जडानपछि रातीमा हुन सक्ने अपराधिक गतिविधिमा रोकावट हुने र स्थानीयमा सुरक्षाको प्रत्याभूति साथै आवतजावतमा सजिलो हुने भएकोले सर्वसाधारण खुशी देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन