५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विनिमय दर: डलरको भाउ हालसम्मकै उच्च, किन कमजोर भयो नेपाली रुपैयाँ ?

९ आश्विन २०७९, आईतवार ०५:०८

असोज ९, काठमाडौं | नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

 राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ । 

पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ ।

डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै, आइतबार डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् । युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ । 

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ । 

Binimaya.JPG

किन कमजोर भयो नेपाली रुपैयाँ ? 

नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएको होइन । नेपालले भारतीय मु्रदासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण त्यसको असर नेपाली रुपैयाँमा परेको हो । यसको अर्थ अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो । भारतीय मुद्रा कमजोर वा बलियो हुँदा त्यसको असर अमेरिकी डलरसँगको विनिमय दरमा देखिन्छ। भारतीय मुद्रा कमजोर भएको अवस्थामा डलरको मूल्य बढ्न जान्छ। भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ र कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको बताइन्छ । अन्य मुद्राको विनिमय दर भने अमेरिकी डलरसँगको विनिमय दरमा आधारित भएर निर्धारित गरिन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप