२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माघमा निक्षेपको ब्याजदर घट्ने, अधिकतम ब्याजदर ११ प्रतिशत

२०७९, २८ पुष बिहीबार ०७:४६

पुस २८, काठमाडौँ | पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । जसअनुसार माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । त्यस्तै, एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत कायम हुनेछ भने साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ ।


बजारमा सकारात्मक सन्देश दिन पनि ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले बताए । तरलता अवस्थामा सुधार आएको र समग्र ब्याजदर धेरै माथि जान नदिनका लागि पनि निक्षेपको ब्याजदर घटाउने निर्णय भएको उनको भनाइ थियो । ‘संघको बैठकले ब्याजदर घटाउने निर्णय गरे पनि सदस्य बैंकहरुसँग सहमति लिन बाँकी छ,’ उनले भने, ‘संघको निर्णय सबै बैंकहरुले मान्नुहुन्छ भन्ने विश्वास छ ।’

हाल (पुसमा) बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।

वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएको, समग्र ब्याजदर धेरै माथि पुगेको, बैंकहरुको लागत कम गर्नु परेको लगायत कारण ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ । वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर घटाएपछि विकास बैंक र वित्तीय कम्पनीले पनि घटाउने सम्भावना बढेको छ । ६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशन गरेका बैंकहरूले मंसिर र पुसमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे