३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकहरुले घटाए ब्याजदर

१ माघ २०७९, आईतवार ०५:१५

माघ १, काठमाडौँ | आजदेखि लागू हुने गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर १.१३३ प्रतिशतले घटाएका हुन् । 

तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ११% कायम गरेका छन् । नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् । यसअघि मुद्दति निक्षेपको ब्याजदर १२.१३३% थियो । 

नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । यससँगै, १२.१३३ प्रतिशत कायम ब्याजदर ११ प्रतिशत कायम भएको छ ।

लामो समयदेखि बढिरहेको ब्याजदर बैकर्स संघले घटाउने निर्णय गरेसँगै उद्योगी-व्यवसायी उत्साही देखिएका छन् । खासगरी, लामो समयदेखि व्यवसायीले ब्याजदर घटाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए । मुद्दती ब्याजदर घटेसँगै कर्जाको ब्याज समेत घट्ने अपेक्षा बैंकर्सहरूको छ । अधिकांश फाइनान्स कम्पनीको पनि ब्याजदर घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’