२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकहरुले घटाए ब्याजदर

२०७९, १ माघ आईतवार ०५:१५

माघ १, काठमाडौँ | आजदेखि लागू हुने गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले माघ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर १.१३३ प्रतिशतले घटाएका हुन् । 

तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ११% कायम गरेका छन् । नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् । यसअघि मुद्दति निक्षेपको ब्याजदर १२.१३३% थियो । 

नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । यससँगै, १२.१३३ प्रतिशत कायम ब्याजदर ११ प्रतिशत कायम भएको छ ।

लामो समयदेखि बढिरहेको ब्याजदर बैकर्स संघले घटाउने निर्णय गरेसँगै उद्योगी-व्यवसायी उत्साही देखिएका छन् । खासगरी, लामो समयदेखि व्यवसायीले ब्याजदर घटाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए । मुद्दती ब्याजदर घटेसँगै कर्जाको ब्याज समेत घट्ने अपेक्षा बैंकर्सहरूको छ । अधिकांश फाइनान्स कम्पनीको पनि ब्याजदर घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो