३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालबाट ६ महिनामा झण्डै पाँच करोडको सेनिटरी प्याड भारत निर्यात

१० माघ २०७९, मंगलवार ०७:२४

माघ १०, काठमाडौँ | चालु आर्थिक वर्षको ६ महिनामा नेपालले चार करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको सेनिटरी प्याड निर्यात गरेको छ। 

नेपालले एक करोड ७९ लाख ९२ हजार २५२ थान सेनिटरी टावेल प्याड भारत निर्यात गरेको हो। 

त्यस्तै, एक लाख ६ हजार रुपैयाँ बराबरको एक हजार दुई सय ५५ केजी न्यापकिन भारत निर्यात गरेको छ। 

११ करोड ८५ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८० लाख ५६ हजार ८४० थान डाइपर पनि निर्यात गरेको छ। 


नेपालले चालु आवको पहिलो महिनामा मात्रै २९ लाख १७ हजार रुपैयाँको ११ लाख नौ हजार थान सेनिटरी प्याड निर्यात गरेको थियो। उक्त महिना एक करोड ५५ लाख २९ हजार रुपैयाँको २४ लाख ४० हजार ७६५ थान डाइपर पनि निर्यात भएको थियो। 

नेपालबाट हरेक वर्ष सेनिटरी प्याड, डाइपर तथा न्यापकिन पेपर निर्यात भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

गत आर्थिक वर्ष नेपालले बंगलादेशमा समेत सेनिटरी प्याड निर्यात गरेको देखिन्छ। उक्त वर्ष बंगलादेशमा १८ हजार रुपैयाँको दुई हजार थान सेनिटरी प्याड निर्यात गरेको तथ्यांकले देखाउँछ। 

गत आर्थिक वर्ष भारतमा पनि तीन करोड ५१ लाख ३९ हजार रुपैयाँको एक करोड १९ लाख २८ हजार २६४ थान सेनिटरी प्याड निर्यात गरेको थियो। 

८ करोड ६१ लाख ३४ हजार रुपैयाँको एक करोड १३ लाख ५७ हजार ५८० थान डाइपर निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७७/७८ मा पनि एक करोड ६१ लाख ४८ हजार रुपैयाँको सेनिटरी प्याड भारत निर्यात भएको थियो। उक्त वर्ष पाँच करोड ३७ लाख ३० हजार रुपैयाँको डाइपर निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७६/७७ मा एक करोड ९ लाख ७० हजार रुपैयाँका  ४२ लाख ७९ हजार ३६४ थान सेनिटरी प्याड भारत निर्यात गरेको देखिन्छ। 

आर्थिक वर्ष २०७५/७६ मा एक करोड ८६ लाख ११ हजार रुपैयाँको ७७ लाख ७८ हजार ३९७ थान सेनिटरी प्याड निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७४/७५ मा तीन करोड ४४ लाख २१ हजार रुपैयाँको १६ करोड ११ लाख ८ हजार ६६ थान प्याड निर्यात भएको छ। 

आर्थिक वर्ष २०७३/७४ मा तीन करोड २९ लाख ७ हजार रुपैयाँको एक करोड ६१लाख १९ हजार २२० थान निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा २० लाख २५ हजार रुपैयाँको ३ लाख ८ हजार २८० थान प्याड रुस निर्यात भएको तथ्यांकमा उल्लेख छ। 

सो वर्ष भारतमा ७ करोड ५२ लाख ८२ हजार रुपैयाँको तीन करोड ९४ लाख ७१ हजार ११६ थान भारत निर्यात भएको थियो। 

आर्थिक वर्ष २०७१/७२ मा पाँच करोड ४ लाख ३९ हजार रुपैयाँको दुई करोड २७ लाख १६ हजार ५८० थान प्याड निर्यात भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’