३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको कुन निकायमा जान्छ तस्करीबाट आएको करोडौँ मूल्यको सुन ?

२० माघ २०७९, शुक्रबार १०:४२

माघ २०, काठमाडौँ | भन्सार विभागले बिहीबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो अवैध सुन बरामद गरेर छानबिन अघि बढाएको छ । क्यानडाका नागरिकले संयुक्त अरब इमिरेट्सको फ्लाई दुबईमार्फत अवैधरुपमा नेपाल ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले बरामद गरेको हो । विदेशबाट अवैधरुपमा भन्सार छलेर ल्याइएको सुन चेकजाँचका क्रममा फेला परेपछि बरामद गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।


यस्तै, यही वर्षको पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै १९ किलो सुन बरामद गरिएको थियो । सुनलाई लिक्वीड बनाएर कपडामा लेपन लगाएको अवस्थामा उक्त सुन भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको थियो । पुस ८ गते र माघ १९ मा बरामद गरिएको सुन एउटै प्रकृतिको रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद  खनालले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले यसरी सुन जफत गर्ने गरेको नयाँ विषय भने होइन । समय–समयमा विदेशबाट अवैधरुपमा ओसारपसार गर्दै गरेको अवस्थामा विमानस्थल भन्सार कार्यालयले करोडौं मूल्य बराबरका सुन पक्राउ गर्ने गरेको छ । र, यसरी पक्राउ गरिएको सुन स्वतः सरकारी राजश्वमा जम्मा हुन्छ । यद्यपि, यसमा केही प्रक्रिया भने पुराउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

कुन निकायमा जान्छ अवैध सुन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटोबाट ल्याइने अवैध सुन विमानस्थलको भन्सार कार्यालयले जफत गर्छ । यस्तै, देशका अन्य भन्सार नाकाबाट ल्याइएको सुन समेत सोही नाकामा अवस्थित भन्सार कार्यालयले पक्राउ तथा जफत गर्ने गर्छ । तर, भन्सार छलेर अवैधरुपमा देशको सीमा भित्र छिरेको सुन भने नेपाल प्रहरीको विभिन्न निकायले पक्राउ तथा जफत गर्दै आइरहेको छ । यस्तै, समय–समयमा अध्यागमन विभागले समेत अवैधरुपमा नेपाल भित्रिएका सुन जफत गर्ने गर्छ ।

केन्द्रीय बैंकले लिएको अवैध सुन वा चाँदी टक्सार महाशाखामा जान्छ । अवैधरुपमा आयात गरिएको र भ्रष्टाचार भएको सुन वा चाँदी सँधै टक्सार विभागले प्राप्त गर्छ र सोबराबरको रकम राज्यलाई भन्सार विभागमार्फत जम्मा गरिदिन्छ ।

यसका साथै, कर छली वा भ्रष्टाचार गरेर जम्मा गरिएको सुन समेत प्रहरीले जफत गर्ने गर्छ । यसरी भन्सार कार्यालय, अध्यागमन विभाग र नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न स्थानबाट सुन जफत गरेपछि अवैध ओसारपसार गर्ने, अवैध कारोबार गर्ने वा अवैधरुपमा सुन राख्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा पर्छ । विभिन्न स्थानमा जफत गरिएको सबै सुन भन्सार कार्यालयमा जान्छ भने मुद्दामामिलाको विषय नेपाल प्रहरीले हेर्छ ।

अदालतले अवैधरुपमा ल्याएको सुन वा भ्रष्टाचारको भनेर फैसला गरेपछि भन्सार विभागले उक्त सुन वा चाँदीलाई आफ्नो सम्पत्तिका रुपमा प्रयोग गर्न पाउने बाटो खुल्छ । र, भन्सार विभागले उक्त सुनका सुद्धताका आधारमा तत्कालीन समयको बजार मूल्यअनुसार नेपाल राष्ट्र विभागलाई हस्तान्तरण गर्छ । र, केन्द्रीय बैंकले तत्कालीन प्रचलित मूल्यअनुसार उक्त सुन वा चाँदीको मूल्य विभागको खातामा जम्मा गरिदिन्छ । सुन वा चाँदी राष्ट्र बैंकले लिएबापत भन्सार विभागको खातामा जम्मा गरिएको रकम राजश्वका रुपमा संघीय सरकारले प्रयोग गर्ने भन्सार अधिकृत खनाल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड