२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक ढलान छ महिनादेखि अलपत्र

२९ माघ २०७९, आईतवार ०२:३८

माघ २९, खोटाङ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो ।

निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम रोकेर अलपत्र पारेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । “प्रदेश सरकारको रु दुई करोड ६९ लाख २५ हजार ७९७ को लागतमा खोटाङबजारको सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लगाइएको थियो”, उहाँले भन्नुभयो, “गुणस्तहीन काम भयो भन्ने गुनासो आएपछि अनुगमन गरेर ढलानको काममा रोक लगाएका थियौंँ । त्यसको केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म बेपत्ता छ । गत असारदेखि काम ठप्प छ ।”

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिट्टी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि राखिएको सोलिङ राम्ररी नगरिएको गुनासो आएको थियो । 

सडक ढलानमा प्रयोग गर्न ल्याइएका गिट्टी र बालुवा छुट्याउन नसकिने अवस्थाको रहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो । “बनिसकेका ड्रेन र मेसिरेनरी पर्खाल भत्किन थालेको छ”, उहाँले भन्नुभयो, “ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिट्टी र रडका कारण बजारमा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । यसप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी छ ।”

सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्र गर्ने गरी डिपिआर तयार पारिएको थियो । तर  डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका क्षेत्रका परम्परागत घरहरू (ढुङ्गामाटोको घर)लाई असर गर्ने जनाउँदै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्ने गरी काम अघि बढाइएको थियो । 

परिवर्तित डिजाइनअनुसार २ नम्बर धाराबाट इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धाराबाट गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको थियो । सम्झौता म्याद नाघेको १८ महिना बितिसक्दा आयोजनाको करिब ६० प्रतिशतमात्र काम सकिएको अनुमान गरिएको छ ।

निर्माण कम्पनीले दुईपटक थप भएको म्याद गुजारीसकेको सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ । 

विसं २०२० सम्म जिल्लाका सम्पूर्ण प्रशासनिक कार्यालयहरू रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सांसद बेखबर देखिएका छन् । सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुनसकेको छैन । 

अलपत्र अवस्थामा सडक ढलानको काम छाडेर हिँडेका ठेकेदारलाई दशैँ÷तिहारपछि काममा फर्काउने गाउँपालिकाले बताए पनि अहिलेसम्म फर्किएका छैनन् ।  ठेकेदारले ढलान गर्न बिछ्याइएको ठाउँबाट फलामेरड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लगेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम !