३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि

१० फाल्गुन २०७९, बुधबार ११:३८

फागुन १०, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१ दशमलव ५०, शून्य दशमलव ०२ र शून्य दमशलव ०८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ३६ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८० दशमलव ८५ अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ८३, विकास बैंक समूह ८० दशमलव ५४, वित्त समूह ४८ दशमलव ९० र होटल तथा पर्यटन समूह ९४ दशमलव ९९ अङ्कले बढेको छ । 

त्यस्तै, जलविद्युत् समूह ९६ दशमलव ९२, लगानी समूह एक दशमलव ६३, उत्पादन समूह ७१ दशमलव ९० र अन्य समूह २६ दशमलव २५ अङ्कले बढेको छ ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडका शेयर कारोबारीले आज सबैभन्दा धेरै ९ दशमलव ८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रु १३ करोड २७ लाख ७५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंकको दुई लाख २७ हजार चार सय ९७ कित्ता शेयर किनबेच भएको   छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति