२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको बेगखोलामा पुल बगाएपछि सास्ती

२०७३, ५ आश्विन बुधबार ०६:१९

असोज ५, म्याग्दी । बाढीले सडक, बेलिब्रिज र झोलुङ्गेपुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक समस्यामा परेका छन् । बेगखोलामा आउने बाढीले छिनछिनमा धार परिवर्तन गरिरहेकाले सडक खुलाउने प्रयास सफल भएको छैन । पुल र सडक नहुँदा बाढीको पानीमा जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता रहेको दानाका कबिन तुलाचनले बताउनुभयो । 

उहाँका अनुसार केही ट्याक्टर चालकले यात्रुलाई खोला तारेबापत प्रतिव्यक्ति एक सय रुपैयाँ रकम लिने गरेका छन् । बेगखोला तिप्ल्याङ खण्डको वैकल्पिक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा तीन घन्टा घुमाउरो बाटो हिँड्नुपर्छ । बेगखोलाको बाढी र सडक कटान भएकाले बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादित आलु निकासी हुन सकेको छैन । 

आलु र स्याउ कुहिन थालेपछि कृषक चिन्तित भएका छन् । कागबेनीमा सोह्र श्राद्ध गर्न जाने भक्तजन र मुस्ताङ भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । कतिपय पर्यटक बेनीबाटै फर्किएका छन् । सडक अवरुद्ध हुँदा कृषि, पर्यटन र जनजीवन प्रभावित भएको छ । बाढीले विद्युत्का खम्बासमेत बगाएकाले उत्तरी म्याग्दी र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् अभावमा टावर नचल्दा मोबाइलको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

मौसममा सुधार र बाढी रोकिएपछि सडक खुलाउने प्रयासले सार्थकता पाउने प्रजिअ केशवराज आचार्यले बताउनुभयो । सडक विभागको एकवटा डोजरले काम गरिरहेको भए पनि सफल भएको छैन । विद्युत् आपूर्तिका लागि पहल गरिए पनि बाढी नरोकिएकाले समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सीताराम शाहले बताउनुभयो । 

बाढी र पहिरोका कारण बेग गाविसको विभिन्न वडामा ३७ घरपरिवार विस्थापित हुनुका साथै ११ घर जोखिममा परेका छन् । बेगखोला, बाँसबोट र लिस्नेबाट विस्थापित अस्थायी टहरा, सामुदायिक भवन, विद्यालय र आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । विस्थापितले पुनर्वासको व्यवस्था गर्न अनुरोध गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त