१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच साझेदारीको सम्झौता

३ पुष २०८०, मंगलवार ०३:३६

पुस ३, काठमाडौँ | चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताबाट दुवै पक्षबीच एकापसमा रहेको ज्ञान र अनुभवका साथै विज्ञताको आदान–प्रदान र शैक्षिक कार्यक्रम विस्तारमा सहयोग पुग्ने बताए । 

उपकुलपति थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत चिकित्सा शिक्षामा हातेमालो गर्दै विश्वविद्यालयले स्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार