१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

एसइई नतिजामा बागमती उत्कृष्ट,सबैभन्दा खराब सुदूरपश्चिम

१३ असार २०८१, बिहीबार १२:२७

असार १३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । 

चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।

सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिएको छ भने, सबैभन्दा खराब नतिजा सुदूरपश्चिमको आएको छ । 

बागमती प्रदेशबाट ६६.१२ प्रतिशत उत्तीर्ण भएका छन् भने सुदूरपश्चिमबाट ३१.८८ प्रतिशत मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोशी प्रदेश

बोर्डका अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३६ हजार ९३ जना परिक्षार्थी उत्तीर्ण भएका छन् भने ३९ हजार ८९५ जना ननग्रेडिङमा परेका छन् । 

मधेस प्रदेश

मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थीले परीक्षा दिएकोमा ३७ हजार ३०६ जना उत्तीर्ण भएका छन् भने ४२ हजार २८६ जना ननग्रेडमा परेका छन् । 

बागमती प्रदेश

बोर्डका अनुसार यसपटकको एसइई परीक्षामा सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशले ल्याएको छ । बागमतीबाट कुल ९९ हजार ८७२ जना सहभागी भएकोमा ३३ हजार ८४३ जना ननग्रेडमा परेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट परीक्षामा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २५१ परिक्षार्थी उत्तीर्ण भएका छन् भने २० हजार २७५ ननग्रेडमा परेका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४९ हजार २२४ जना परीक्षार्थी ननग्रेडमा परेका छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशबाट परीक्षामा सहभागी कुल ३५ हजार ३४ परिक्षार्थीमध्ये १४ हजार ६५४ मात्रै उत्तीर्ण भए भने २० हजार ३८० जना ननग्रेडमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशबाट कुल ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा १७ हजार ३६ जना मात्रै उत्तीर्ण भएका छन् भने ३६ हजार ४१० परीक्षार्थी ननग्रेडमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल