२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कक्षा-११ मा छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आह्वान

२०८१, १४ असार शुक्रबार १२:३०

असार १४, काठमाडौँ । काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

शुक्रबार शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो ।

सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।

संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशतलाई शतप्रशित मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत र ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको सामुदायिक÷संस्थागत विद्यालयमा अध्ययन गरेका हकमा १ प्रतिशत सिट वितरण गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु