२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम फेरियो

२०८१, १० श्रावण बिहीबार ०९:५६

साउन १०, काठमाडौँ । लोकसेवा आयोगले प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ।

शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने भएको छ। हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। लोकसेवा आयोगले आर्थिक २०८१-८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन ४५ अंक ल्याउनुपर्ने व्यवस्था गरेको हो।

पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ। यो परीक्षामा अब न्यूनतम ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षामा सामेल हुन पाउने छैनन्। यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्तांकमा जोडिने व्यवस्था पनि हटेको छ। अब प्रथम पत्रको परीक्षा छनोट परीक्षाका रुपमा मात्रै रहनेछ। दोस्रो पत्रमा पहिलो पत्रमा आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको छ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो। प्रारम्भिक परीक्षाको उतीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात् ४५ अंक हुने व्यवस्था भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु