४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान सुरु

२३ चैत्र २०८१, शनिबार १६:५०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको छ । महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको योजना कामपा सहरी आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्न कार्यक्रमअन्तर्गत कामपाको  शिक्षा विभागले ३१३ वटा बोर्ड जडान गरेको झाले भन्नुभयो ।

“प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, प्रविधि र उपकरण, मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि कामपाले लगानी बढाएको छ”, सदस्य झाले भन्नुभयो “विद्यालयमा स्मार्ट बोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ ।”

उहाँका अनुसार बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम पनि दिइएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिनुभयो ।

कक्षाकोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा रहेको छ । सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने हुँदैन । महानगरले हरेक शुक्रबार पुस्तकरहित कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षक तालिम, क्रियाकलापसम्बन्धी पाठ्यक्रम तर्जुमा, सिकाइ सामग्रीमा लगानी समेत गरेको छ ।

शिक्षण सिकाइलाई परियोजनामा आधारित, समूहगत कार्यमा आधारित, सहपाठीसँगको सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान सिर्जना हुने सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेलले बताउनुभयो । पुस्तकरहित शुक्रबारमा २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मान्ने गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता