जेठ २४, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २४, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प"/>
२०८२, २३ चैत्र सोमबार
दाङ्ग - DNG

तुलसीपुरमा कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

२०७५, २४ जेष्ठ बिहीबार ०६:४४

जेठ २४, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । 

लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । 

पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभूत विद्यालय लक्ष्मीपुरमा र वडा नं ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाभिएको हो । 

अन्य विद्यालयले पनि गाभिनका लागि निवेदन दिएको र त्यसलाई क्रमशः अनुगमन गरेर कार्यान्वयन गरिने बताइएको छ । 

गाभिएका विद्यालयमा रहेका शिक्षकलाई आवश्यकताअनुसार विभिन्न विद्यालयमा पठाइने पनि संयोजक विकले बताउनुभयो । 

यसैबीच तुलसीपुर उपमहानगरपालिकामा आज बसेको शिक्षा समितिको बैठकले विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा बालमनोविज्ञानमा नकारात्मक असर पार्नेखालका गीत र नृत्य प्रस्तुत नगर्न आग्रह गर्ने निर्णय गरेको छ । 

बालबालिकालाई सस्ता, भद्दा र अश्लीलखालका गीतमा नृत्य गराउनाले उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै बैठकले राष्ट्रिय भावधाराका गीतमा नृत्य गर्नका लागि आग्रह गर्नेसमेत निर्णय गरेको छ । 

यसैगरी शिक्षक महासंघले बुझाएका विरोध तथा मागपत्र अध्ययन गरेर स्थानीय तहले गर्ने भनेका कुरा स्थानीय तह र संघ र प्रदेशले गर्ने कुराका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै