२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सुर्खेतमा पाँचसय अभिभावकलाई सम्मान

२०७५, २४ असार आईतवार १५:४२

असार २४, सुर्खेत | जिल्लाका सामुदायिक विद्यालयका पाँचसय अभिभावकलाई सम्मान गरिने भएको छ । बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले सम्मान गरिन लागिएको हो ।

सुर्खेतका कक्षा १ देखि ३ सम्म अध्ययनरत विधार्थीहरुका अभिभावकहरुलाई सम्मान गरिने छ । सुर्खेतसहित देशभरका १६ जिल्लामा संचालन भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत सुर्खेतमा रहेका ५ सय ९ सामुदायिक विद्यालयका १÷१ जना अभिभावक गरी ५ सय ९ जना अभिभावकलाई सम्मान गर्न लागेको शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका उपसचिव जितबहादुर शाहले जानकारी दिए । युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावक सम्मानका लागि शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतले विभिन्न आधारहरु खडा गरेको हो । बालबालिकाहरुलाई नियमित विद्यालयमा पठाउने, बालबालीकाहरुलाई स्वस्थकर खाजाको व्यवस्था गर्ने, नियमित रुपमा विद्यालयको पठनपाठबनारे जानकारी लिने लगायतका विषयका आधारमा उत्कृष्ट अभिभावक छनौट गरिने शाहको दावी छ ।

अभिभावक छनौट गर्दा विद्यालयलाई रचनात्मक सहयोग गर्ने, विद्यालयका नीति नियम र आचारसंहितालाई पालना गर्ने विषयलाई पनि आधार बनाईएको शाहले बताए । सम्मानका लागि विद्यालय व्यवस्थापन समितिले सिफारीस गर्नेछ । सिफारीस गरिएका अभिभावकलाई स्थानीय तहका शिक्षा प्रमुखको अध्यक्षतामा गठन हुने ७ सदस्यीय अभिभावक मुल्यांकन अनुमोदन समितिले अन्तिम रुप दिनेछ । सामुदायिक विद्यालयबाट सम्मानका लागि छनौट हुने अभिभावकलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिने छ । जिल्लाका ९ वटै स्थानीय तह असार मसान्तसम्म सक्ने योजना रहेको शाहको भनाई छ । सम्मानले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँदा सम्मान पाइन्छ भन्ने भावनाको विकास अभिभावकहरुमा गर्ने विश्वास शाहको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण