२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट एक मात्र विद्यालय टिएसएलसी तहको शिक्षालयको लागि छनोट

२०७५, ३० असार शनिबार १६:४५

अनिल अधिकारी | असार ३०, काठमाडौँ | नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले 'आगामी २ बर्ष भित्र प्रत्यक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने' लाई मुर्त रुप दिन प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा आवेदन परेका मध्ये धादिङमा एक मात्र विद्यालय छनोटमा परेको छ । 

प्रदेश ३ बाट २० विद्यालयको नाम टिएसएलसी (प्राविधिक शिक्षालय) का लागि तयारीमा छनोट भएकोमा धादिङ जिल्लाबाट एक मात्र विद्यालय छानिएको छ । धादिङबाट ज्वालामुखी गाउँपालिका-५ स्थित श्री अन्नपूर्ण माध्यामिक विद्यालय टिएसएलसीको लागि छनोट तयारीमा परेको हो । यस विद्यालयमा अब पशुविज्ञान अध्ययन् गर्न पाइने भएको छ । 

धादिङ बाहेक प्रदेश ३ का अन्य जिल्लाहरुमा सिटिईभिटीको टिएसएलसी अन्तर्गत ललितपुरको १, मकवानपुरका ४, दोलखाको १, सिन्धुपाल्चोकका २, चितवनका ३, रामेछापको १, काभ्रेको २ र सिन्धुलीका सबैभन्दा बढी ५ बिद्यालयको नाम परेका छन् । प्रदेश ३ का नुवाकोट, काठमाडौँ, भक्तपुर र रसुवाबाट भने कुनै विद्यालयको नाम परेनन् । सरकारले देशभर ११० विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनको अनुमती दिएको छ । 

परिषद्ले एसईई पास गरेका विद्यार्थीहरुका लागि कृषिमा ३ वटा विषय पढाउने गरेको छ । जसअन्तर्गत बिरुवा विज्ञान, जनावर विज्ञान र डिप्लोमा खाद्य र डेरीसम्बन्धी प्राविधि विषय रहेका छन् । 

धादिङ जिल्लामै एक मात्र विद्यालयको रुपमा पशु विज्ञान बिषयको प्राविधिक शिक्षालय छनोट हुन धादिङकोअन्नपूर्ण माविले यो अवसर त्यति सहजै भने प्राप्त गरेको होइन । प्राविधिक शिक्षालयको लागि बिद्यालयले बिभिन्न प्रयासहरु गरेको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमार्फत यस नवीन कार्यलाई सफल पार्ने प्रतिबद्धताका लागि गाउँपालिकादेखि बिद्यालय तहबाट सक्दो भूमिका निभाएका थिए । जसकाल लागि छलफल तथा बिद्यालय अनुगमनका कार्यक्रम र बिद्यालयले भक्तपुर स्थित परिषद कार्यालयमै आएर यस सम्बन्धि आवश्यक प्रयासहरु भएका थिए । 

:: CTEVT का प्राविधिक अधिकृत डाकुरनाथ पराजुली बिद्यालय अनुगमनको क्रममा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै