२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका १७ विद्यालयले ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

२१ श्रावण २०७५, सोमबार ०३:४९

साउन २१, तुलसीपुर (रासस) | दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन । 

एउटा विद्यालयमा अध्ययनरत छात्रछात्रा अर्को विद्यालयमा अध्ययन गर्न जाँदा मार्कसिट र क्यारेक्टर सर्टिफिकेट पेस गर्नुपर्दछ । जुन कक्षा ६ र ९ मा त अनिवार्य मानिन्छ । तर गाउँपालिकाले कक्षा ८ का ग्रेड सिट समयमा नै उपलब्ध गराउन नसक्दा शैक्षिक शत्र २०७५ मा कक्षा ९ मा भर्ना भएर पनि प्रथम त्रैमासिक परीक्षासमेत दिइसके । 

गाउँपालिकाभित्रका आधारभूत विद्यालयबाट माविमा भर्ना हुन त्यति समस्या नभएता पनि गाउँपालिका र जिल्ला बाहिर जानुपर्ने विद्यार्थीका लागि यो जटिल समस्या भएको छ । 

कक्षा ९ को रजिष्टे«शन फाराम भर्ने समय नजिकिँदै गर्दा फाराम साथ अनिवार्यरुपमा पेस गर्नुपर्ने ग्रेडसिट उपलब्ध नहुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएको जीव न्यौपानेले बताउनुभयो । 

बबई गाँउपालिकाका श्रोतव्यक्ति दामोदर अधिकारीले आर्थिक अभावका कारण ग्रेडसिट वितरणमा समस्या भएको जानकारी दिनुभयो । सप्टवेयर व्यवस्थापन गर्ने, ग्रेडसिट छपाउने, मार्कलेजर तयारी गर्ने, ग्रेडसिट प्रिन्ट गर्ने कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति साइबर तथा तथा अफसेट प्रेसले भुक्तानी नपाएको कारण रोकिएको र गाउँपालिकाबाट रकम भुक्तानी हुनासाथ तुरुन्त बैठक बसालेर वा सम्बन्धित विद्यालयलाई बोलाएर ग्रेडसिट वितरण गरिने श्रोतव्यक्ति अधिकारीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ