२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सत्र वर्षमा सोह्र सय कविता

२०७७, २५ श्रावण आईतवार ०७:४५

किरण पौड्याल । साउन २५, इलाम। बालिका करीब नौ वर्ष हुनुभएको थियो । आँगनमै बसेर गृहकार्य गर्दै गर्नुभएकी उहाँलाई आफ्नै बुबा (तुङ्गनाथ थपलिया)ले एक्कासि कविता लेख्न आदेश दिनुभयो । वर्षको गणनाबाट दोहोरो अङ्कमा समेत नपुगेकी बालिकालाई शुरुमा त बुबाको कुरा सुन्दा ‘बिजुली चम्किए’ झैं भयो । 

कवितामा कहिल्यै कलम नचलाएकी बालिकालाई शीर्षककै दिएर कविता लेख्न आदेश दिँदा नआत्तिने कुरै भएन । उहाँले भन्नुभयो, “कविता लेख्नेतिर त मेरो ध्यान नै थिएन । बुबाले ‘मेरो देश नेपाल’ शीर्षकमा कविता लेख्न भनेर भन्नुभएको थियो ।” यसरी बुबाको आदेशपछि कविता लेख्न थाल्नुभएकी बालिकालाई आफ्ना भविष्य साहित्यमय बन्छ भन्ने थाहा नभए पनि बुबाले भने केही लक्षण देखिसक्नुभएको थियो ।

‘‘केही समयपछि नै कविता लेखेर बुझाएँ’’, ती दिन सम्झँदै उहाँले भन्नुभयो, ‘‘केही बेरपछि बाको प्रतिक्रिया सकारात्मक नै आयो ।’’ त्यसपछि एकपछि अर्को गर्दै बालिकाका कविताका सङ्ख्या बढ्दै गए भने सङ्ख्यासँगै गुणस्तर पनि । पृष्ठभूमि नै साहित्यकारको घराना भएकाले बालिकालाई ‘कविताले चुम्बकले झै तान्न’  थाल्यो ।

विस्तारै विद्यालयका प्रतियोगितामा पनि बालिकाका कविता गुञ्जिन थालेपछि  झनै हौसला बढ्दै गयो । कविता लेख्न शुरु भएको दुई वर्षपछि (११ वर्ष) नै विद्यालय (शारदा माध्यमिक विद्यालय) मा कवितामा तृतीय स्थान हासिल गर्दा त परिवारमा हौसलाको सीमा रहेन, बालिकाका आँखामा हर्षका आँशु बग्न थाले । “त्यो पुरस्कार मेरो अविष्मरणीय पुरस्कार हो । अमूल्यझँै लाग्छ”, बालिकाले विगत सम्झँदै भन्नुभयो, “त्यसरी भाग लिएका सबैजसो ठाउँमा एउटा न एउटा स्थान त जमाइहाल्थेँ  । कविताप्रतिको मेरो लगाव देखेर बा औधि खुशी हुनुहुन्थ्यो ।”

प्रेमको ‘सेतु’नै कविता

पन्ध्र वर्षसम्म बाल कविता लेखे पनि वर्ष १६ पुगेपछि बालिकालाई पनि यौवनमय कविता लेख्न मन लाग्न थाल्यो । त्यो उमेरसम्म पनि अविछिन्न रूपमा कविता लेख्दै गर्नुभएकै बालिकालाई त यो समय नयाँ खुराक भेटेझैँ भयो । बालिकाको उमेर १७ पुग्दा त कविता पनि एक हजार ६०० पुगिसकेका छन् । यही विषयमा भिनाजु (डा देवी क्षेत्री दुलाल) प्रभावित भएर पत्रिकामा ‘सालीको उपहार, १६ सय कविता’ लेख्नुभयो । “भिनाजुले आँखा पत्रिकामा यो कविता लेख्नुभएको रहेछ । मलाई त पत्तै थिएन”, बालिकाले भन्नुभयो, “भिनाजुले कान्तिपुरमा काम गर्ने पत्रकार वेनुप भट्टराईलाई कविता छाप्न दिनु भएछ ।” त्यही कवितामार्फत बालिका र वेनुपको चिनजान बढ्दै गयो ।

कविताले जोडेको मित्रता विस्तारै प्रेममा परिणत भयो र पछि विवाहसमेत भयो । “धेरैले अचम्म मान्छन् कविता लेखेकै कारण प्रेम सम्बन्धमा पुग्यौँ ।” विवाहपछि पनि कविता रचना सधैँ बालिकाको प्राथमिकतामै पर्यो । कुनै समय निक्लिए वा निकालेर पनि उहाँ कवितामै बस्नु हुन्थ्यो । कविताबाटै समाज परिवर्तन हुन सक्छ भन्ने बुझ्नुभएकी बालिकाले कविताबाहेक अन्य विधामा पनि कलम चलाउनुभयो तर कविता विशेष नै लाग्यो ।

सङ्घर्षशील व्यक्तिको पुस्तक अनुवाद

अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएकी बालिकालाई सङ्घर्षरत व्यक्तिको जीवनी नेपालीमा अनुवाद गर्न पाए धेरैलाई उत्प्रेरक बन्न सक्छ भन्ने लाग्यो । रहर भएर भएन किताब अनुवाद गर्ने काम सामान्य थिएन । ‘चुनौतीलाई पन्छाउँदै भए पनि अनुवाद गर्छु’ भन्ने भन्ने भएपछि अफ्रिकी राष्ट्रपति नेलसन मन्डेलाको कृति अनुवाद गर्ने तर्खरमा थपलिया पुग्नुभयो । “जीवनमा सङ्घर्ष गरेको व्यक्तिको किताब अनुवाद गर्ने अठोट गरेकी थिएँ, त्यो अवसर पनि आयो”, थपलियाले भन्नुभयो । 

बालिकाले ५० हजार शब्दको किताब छ महिनामै अनुवाद गर्नुभयो । अहिलेसम्म बालिकाले फ्लोरेन्स नाइटिङ्गल र अब्राहम लिङ्कनका गरी तीन किताब अनुवाद गर्नुभएको छ । केही समयअघि बालिकाको ‘प्रणयपथ’ कविता सङ्ग्रह बजारमा आएको छ भने अन्य दुई पुस्तक पनि अनुवादका लागि आउने तर्खरमा छन् । “साहित्य समाजको ऐना हो त्यसैले मैले सधँै साहित्यलाई प्राथमिकता दिएकी हुँ”, बालिकाले भन्नुभयो । ठूलो व्यस्तता र पारिवारिक कामसमेत भ्याएर बालिकाले साहित्यलाई समय दिइरहनुभएको छ । बालिका अनुवाद र कविताबाहेक कृतिको समालोचना र निबन्धमा समेत दखल राख्नुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा