२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

परीक्षा सञ्चालनका नाममा दस्तुर असुल्दै सर्लाहीका विद्यालय

२०७७, १८ कार्तिक मंगलवार १०:५३

कात्तिक  १८, सर्लाही । कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि शुरु हुँदैछ । उक्त परीक्षामा सामेल हुन विद्यार्थीले रु ५०० थप दस्तुर बुझाउनुपर्ने विद्यालयले नियम बनाएका हुन् । यसअघि गत वर्ष नै परीक्षा दस्तुरबापत प्रतिविद्यार्थी रु ६०० असुल गरिएको थियो ।

कोभिड–१९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीलाई दोहोरो दस्तुर लिनु गैरकानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाले माग गरेका छन् । पहिले नै परीक्षा दस्तुर लिइएकामा फेरि रु ५०० थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनरावलोकन गर्न अनेरास्ववियुका सर्लाही संयोजक विवेक मैनालीले माग गर्नुभयो । विद्यार्थीलाई दोहोरो मार पार्ने काम भए चुप लागेर नबस्ने मैनालीले चेतावनीसमेत दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ का कारण परीक्षा सञ्चालन खर्च पठाउन नसकेपछि विद्यालयले विद्यार्थीसँग उठाउन लागेको बुझिएको उहाँको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार जिल्लाका २० वटै स्थानीय निकायका शिक्षा शाखाप्रमुख, पेशागत सङ्गठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकबीच कात्तिक २१ देखि कक्षा ११ को परीक्षा शुरु गर्ने सहमति भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार गत वर्ष लिइएको दस्तुर बापतको रु ६०० मध्ये २०० प्रवेशपत्र, प्राविधिक व्यवस्थापन र अन्य खर्चका लागि उपयोग हुने र बाँकी रु ४०० कक्षा १२ को परीक्षामा मिलान गरिदिने सहमति भएको छ । बोर्डले यस्तो व्यवस्था गरेको सूचना नै प्रकाशित गरेको छ । बोर्डले सहमति जनाएको भए पनि  रु ५०० को सट्टा रु ४०० मात्रै लिइनुपर्ने मैनालीको तर्क छ । विद्यार्थीबाट करीब रु चार लाख असुल गरी हिनामिना गर्न नपाइने उहाँले बताउनुभयो । परीक्षा बोर्डले अहिले बुझाएको रु ५०० बाट नियमित तर्फका विद्यार्थीहरुको कक्षा १२ को परीक्षा आवेदन शुल्कमा मिलान गरिने र आंशिक तर्फका विद्यार्थीको ट्रान्स्किप्ट, प्रोभिज्नल सर्टिफिकेट र माइग्रेसनमा लाग्ने एक हजार ४५० मध्येको शुल्कमा मिलान गरी एक हजार १०० मात्र शुल्क लाग्ने गरी साउन २३ मा शुल्क मिलान गरिएको बोर्डका काफ्लेले बताउनुभयो । 

पहिले बोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देशन भएकाले सोहीअनुसार गरिएको फौजसिंह माविका शिक्षक केदार काफ्लेले बताउनुभयो । इकाइ प्रमुख रामआधार कुशवाहले बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्ने कार्यविधि बनाएको बताउनुभयो । उहाँका अनुसार परीक्षामा जिल्लाका क्याम्पससहित तीनवटासहित ६७ वटा मावि रहेकामा अहिले कक्षा ११ को पठनपाठन चलेका ६१ वटा माविहरुमा परीक्षा सञ्चालन हुने र उक्त परीक्षामा पाँच हजार २६१ जना नियमिततर्फ र दुई हजार ६६२ जना आंशिक तर्फका गरी जम्मा सात हजार ९२३ परीक्षार्थीको सहभागिता रहने बोर्डले जनाएको छ । जिल्लामा ४८ सामुदायिक, १६ निजी र तीनवटा क्याम्पस रहेका छन् ।

जिल्लामा कक्षा ११ को परीक्षा सबै विद्यालयले एउटै मितिमा सञ्चालन गर्ने सहमति जुटेको छ । बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर ९ बाट सञ्चालन गर्ने मिति तोकेको र त्योभन्दा अघि नै कक्षा ११ को परीक्षा सक्न कार्यविधिमा भनिएको कुशवाहले बताउनुभयो । परीक्षाको मिति तयसँगै विद्यालयले त्यसको तयारी पनि थालिसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी