१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

८ चैत्र २०७७, आईतवार १०:२७

चैत ८, काठमाडौँ । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । 

कार्यक्रम यही चैत २८ गतदेखि (आगामी अप्रिल १० देखि मे १५) सम्म सञ्चालन हुनेछ । पाँचहप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहमा अध्ययनरत वा विद्यालय तहको पढाइ सकेका तर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्ने उहाँले बताउनुभयो । 

देशभरका विद्यार्थीको पहुँच पु¥याउने उद्देश्यले कार्यक्रमका चार हप्ता विद्यार्र्थीले घरबाटै सहभागी हुन सक्नेछन् । पाँचौँ हप्तामा भने काठमाडौँ आउनुपर्ने सोसाइटीले जनाएको छ । ‘क्युब्स इन स्पेस’ एउटा ग्लोबल इञ्जिनीयरीङ डिजाइन प्रतिष्पर्धा हो । 

यसमा विद्यार्थीले आफ्ना प्रयोग ‘नासा साउन्डिङ रकेट’ तथा ‘जेरो प्रेसर साइन्टिफिक बेलुन’ मार्फत ‘स्पेस वा नियर स्पेस इन्भाइरोमेन्ट’मा पठाउन सक्नेछन् । यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को कार्यालयमा पठाउनुपर्ने हुन्छ ।

सो कार्यक्रममा सहभागिताका लागि तयारीस्वरुप नेपालमा सञ्चालन गरिने कार्यशालामा यस वर्ष ५० विद्यार्थीलाई अवसर दिन सकिने गरी अनुमति प्राप्त भएको सोसाइटीले जनाएको छ ।  सहभागीलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षका बारेमा सिकाइने छ ।

विद्यार्थीलाई प्रयोगको डिजाइन गर्न लगाइनेछ । नेपालबाट छानिएका दुई क्युब्स यस वर्ष अमेरिका पठाइनेछ । यसअघि सो कार्यक्रममा ७३ देश सहभागी भइसकेका छन् । सोसाइटीमार्फत नेपाल पहिलोपटक सहभागी हुन लागेको हो ।

विश्वरभबाट छानिएर २०१ क्युब्स अन्तरिक्षमा पठाइनेछ ।  कार्यक्रममार्फत हालसम्म ९०० प्रयोग अन्तरिक्षमा पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल