२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा चार पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

२०७८, १४ श्रावण बिहीबार ०७:०७

साउन १४,  बैतडी (रासस)। स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । 

पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो ।ती पालिकाले चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताउनुभयो ।

विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको  हो ।  पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदालगायतका कुरा समेटिएका छन् । 

यस्तै मेलौलीले पनि ‘हाम्रो मेलौली’ नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । जिल्लाको शिवनाथले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ । 

स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिवनाथ जिल्लामै पहिलो स्थानीय तह समेत हो । स्थानीय परिवेशका बारेमा जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको अभिभावकको भनाइ छ ।   दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यक्रम निर्माण जारी रहेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ