२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करार शिक्षकहरु आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिनेछ : शिक्षामन्त्री

२०७८, १४ मंसिर मंगलवार ११:३९

मंसिर १४, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गरिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय सभाको साधरण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पाैडेलले यस्ताे बताएका हुन्। उनले भने, ‘करार शिक्षहरुको लागि आन्तिरक प्रतिस्पर्धामार्फत् स्थायी गरिनेछ। प्रतिस्पर्धामा सफल हुन नसक्नेहरुको लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।’

विश्वविद्यालयको सहकुलपति समेत रहेका मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका स्थापित मान्यतालाई आत्मसाथ गर्दै विश्वविद्यालयमा कार्यरत आंशिक तथा अन्य शिक्षक तथा कर्मचारीहरुको सेवाका शर्त र निवृतिभरणको सुविधाको सुनिश्चतता गर्ने प्रतिबद्धता व्यक्त गरे।

शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडी बढाउन मन्त्री पौडेलले निर्देशन समेत दिए । उच्च शिक्षालाई समय सापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्ययन अनुसन्धान नियमित पठनपाठनमार्फत् प्रवर्द्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए।

उनले त्रिभुवन विश्वविद्यालयले वर्षैपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको भन्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए। वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई अझ प्रतिस्पर्धी बनाउन कार्यरत कर्मचारी एवम् प्राध्यापकहरुलाई निरन्तर सेवाकालीन तालिम दिएर क्षमता अभिवृद्धि गर्ने काममा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश