३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

३० पुष २०७८, शुक्रबार ०६:३१

पुस ३०, भक्तपुर | भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिनुभयो ।

उक्त सहयोगबाट शिक्षक खुशी भएको उहाँको भनाइ छ । वडाध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीका समयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकलाई ल्यापटप दिइएको जानकारी दिनुभयो ।

भक्तपुरमा ९३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

भक्तपुरमा लक्षित जनसङ्ख्याको ९३ दशमलव चार प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । भक्तपुरमा कूल दुई लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा बिहीबारसम्म दुई लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोनाविरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्यभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । सूर्यविनायकमा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिए पनि हालसम्म ८१ हजार ७०५ जनाले खोप लगाएको उहाँले बताउनुभयो । 

यस्तै चाँगुनारायण नगरपालिकामा ८४ दशमलव ३३ प्रतिशतले खोप लगाएका छन् । यहाँ ४९ हजार ६९४ जनालाई खोप दिने लक्ष्य लिएकामा ४१ हजार ९०९ जनाले खोप लगाएका छन् । मध्यपुरथिमि नगरपालिकामा ५८ हजार ५४१ जनाले खोप लगाएका छन्, जुन निर्धारित लक्ष्यको ७८ दशमलव चार प्रतिशत हो । यहाँ ६४ हजार ६७३ जनालाई खोप दिने लक्ष्य छ ।

भक्तपुरमा खोप लगाउनेको सङ्ख्या ९३ प्रतिशत पुगे पनि अझै धेरै जनसङ्ख्या खोपको पहुँच बाहिर रहेको मिजारले जानकारी दिनुभयो । भक्तपुरमा राष्ट्रिय जनगणना २०६८ को जनसङ्ख्यालाई आधार बनाई खोप लगाउनुपर्ने सङ्ख्या निर्धारण गरिएको र २०६८ यता बसाइँसराइ तथा अस्थायी बासिन्दाको चाप बढेकाले खोप लगाउनुपर्नेको सङ्ख्या वृद्धि भएको र अभैm धेरै जनसङ्ख्या खोप लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन