२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतले तीन महिनामा १२ हजारभन्दा बढी विदेशीहरूलाई देश निकाला गर्यो, यस्तो छ कारण

२०८०, २० कार्तिक सोमबार ००:५४

कात्तिक २०, काठमाडौँ । देशका नियम कानुन उल्लङ्घन गरेको भन्दै कुवेतले पछिल्लो तीन महिनामा १२ हजार बिदेशीलाई कुवेत फर्किन नपाउनेगरि देश निकाला गरिएको बताइएको छ ।

कुवेती अधिकारीहरूले अगस्टदेखि अक्टोबरको बीचमा विभिन्न राष्ट्रियता भएका करिब १२ हजार विदेशीहरूलाई आफ्नो देश निकाला गरेको स्थानीय मिडियाले जनाएका छन् । 


सार्वजनिक नैतिक उल्लङ्घन, आवास र श्रम कानून उल्लङ्घन लगायतका विभिन्न अपराधका लागि पछिल्लो अक्टोबरमा मात्र पुरुष र महिला दुवै गरी करिब ४ हजार ३ सय, अगस्ट र सेप्टेम्बरमा गरि ७ हजार ६ सय ८५ जनालाई देश निकाला गरिएको उल्लेख छ ।

देश निकाला प्रक्रियामा कुवेतले अन्तर्गत उपप्रधानमन्त्री, आन्तरिक र रक्षा कार्यवाहक मन्त्री शेख तलाल अल-खालेदको कडा निर्देशनहरू पालना गर्दछ । पछिल्लो समय कुवेतले थप कुवेतको रेसिडेन्सी मामिला अन्तर्गत अनुसन्धान महाशाखाले रेसिडेन्सी नियमहरू उल्लङ्घन गर्ने, फरार व्यक्तिहरू र वान्टेड व्यक्तिहरूलाई पत्ता लगाउन र देश निकाला गर्न राष्ट्रव्यापी सुरक्षा अपरेसनहरू सञ्चालन गरिरहेको जनाएको छ ।

कुवेतले यसरी देश निकाला गरिएकाहरु अर्को पटकबाट कुवेत फिर्ता हुन नपाउने अवस्था हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी