2026-10-03 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएई दुतावासका श्रम-काउन्सिलर पौडेलले कामनै नगरी १४ सय बढी उजुरी लुकाईदिए, मन्त्रालय तानिए 

अनिल अधिकारी । काठमाडौँ — वैदेशिक रोजगारीमा गएर समस्यामा परेका १४ सय बढी नेपाली श्रमिकका गम्भीर प्रकृतिका समेत उजुरीहरू कामनै नगरी काम गरेको सूचिमा राखिदिएको खुलाशा भएपछि युएई स्थित नेपाली दुतावासका श्रम-काउन्सिलर दिपेन्द्र पौडेल कारवाहीको लागि सनिबार श्रम मन्त्रालय तानिएका छन् । पौडेल एक वर्ष नपुग्दै नेपाल फर्काइएका हुन् ।

काउन्सिलर पौडेलले दुतावासमा आफ्नो जिम्मेवारी लिने क्रममा आफूले गर्नुपर्ने कामनै नगरी उजुरीका ‘पेन्डीङ’ मा रहेका अनलाइन फाइलहरु सिस्टमबाटै सम्पन्न ‘कम्प्लिटेड’ सूचिमा राखिदिएको छानबिनपछि पत्ता लागेको कन्सुलर सेवा बिभागले जनाएको छ । 

श्रमिकमाथि अन्याय भएको, रोजगारदाताले तलब नदिएको, जेल परेका श्रमिकलाई जेल मुक्त गर्न पिडितका परिवारले हालेको उजुरी, विदेशमा हराएका व्यक्तिको खोजिका लागि परेको निवेदन, ब्लड मनी तथा अन्य संवेदनशील मुद्दासँग सम्बन्धित उजुरीहरू दुतावासको सिस्टमबाटै कार्य सम्पन्न भएको सूचिमा राखेको पाइएपछि छानबीनको लागि मन्त्रालय र दुतावासलाई जानकारी गराएको कन्सुलर सेवा बिभागकि महानिर्देशक दुरापदा सापकोटा जानकारी दिएकी छन् । महानिर्देशक सापकोटाका अनुसार प्रारम्भिक छानबिनमा पौडेल दोषी देखिएपछि थप अनुसन्धानका लागि मन्त्रालयमा विवरण पठाइएको थियो । सापकोटाका अनुसार कन्सुलर सेवा बिभाग समक्ष पिडितहरुले आफ्नो उजुरीको फर्छ्यौट नभएको  गुनाशो बढ्न थालेको तर सिस्टममा हेर्दा गुनाशोहरु कार्यान्वयन भईसकेको थाहा पाएपछि बिभागले सिस्टममा भएको गतिबिधिबारे थाहा पाएको थियो । “सरकारले खटाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नुपर्नेमा सिस्टमलाई नै चुनौती दिने काम भयो,” सापकोटाले भनिन् ।

पौडेलले युएई स्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीसँग अनुमति नलिई श्रम सहचारी पंकज लाभ कर्णसँग ओमान पुगेको, श्रमिकका समस्या समाधानमा नजाने, टेलिफोन तथा उजुरीमा प्रतिक्रिया नदिने र आफुले पटक-पटक गरेको गल्ती समेत स्वीकार नगरेको आरोप पनि लागेको छ । दुतावासमा उनीविरुद्ध धेरै ठाउँबाट कम्प्लेन आएको बताइएको छ ।

पौडेलले रिजेक्ट भएका फाइलहरू समेत आवश्यक प्रक्रिया नपुर्‍याई नेपालका म्यानपावर व्यावसायीहरुसँग मिलेर दुतावासका अधिकारीहरुलाई समेत झुक्याएर स्विकृती दिई पठाएको राजदुतावासले जानकारी दिएको छ । 

श्रम मन्त्रालयबाट खटाइने प्रतिनिधि निष्पक्ष हुनुपर्नेमा सिमित म्यानपावरहरुको स्वार्थमा लागेको, श्रम काउन्सिलर नियुक्त हुँदा पैसा तिरेका व्यक्तिलाई जिम्मेवारी दिएर दुतावास पठाउने खेल हुने गरेको, केहि म्यानपावर मालिकको सेटिङमा उनिहरुको लागि काम गर्न सहज हुने व्यक्तिलाई श्रम काउन्सिलरको रुपमा नियुक्त गर्ने सम्मको बेथिति बढ्दा दुतावास बदनाम भईरहेको बताइएको छ । श्रम काउन्सिलर पौडेललाई चेन अफ कमाण्ड नमानेको, राजनीतिकरण गरेको, आफूलाई कसैले चलाउन नसक्ने भन्दै घमण्ड देखाएर धम्कि समेत दिने गरेको र १४ सय बढी श्रमिकको फाइलमा मनपरी गरेको कारण देखाई यस्ता प्रकृतिको व्यवहारले श्रमिक झन् पीडित हुने अवस्था सिर्जना गरेको दुतावासको आरोप छ ।

यसै सम्बन्धमा पौडेलमाथि लागेको आरोपबारे थप जानकारी लिन फोन सम्पर्क गर्न खोज्दा उनको नेपालको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने