2026-10-15 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति

काठमाडौँ । सरकारले इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउन श्रम-स्वीकृति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै इराकमा रोजगारको क्रममा रहेका झन्डै ३० हजार नेपालीले राहत पाउने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबारबसेको मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको हो । योसंगै २० बर्षदेखि इराक श्रम-स्वीकृति दिन प्रतिबन्ध लगाएको कारण समस्यामा परेका नेपालीले अब बिदामा आएर पुन: इराक जानको लागि श्रम-स्वीकृति पाउनेछन् । जसको लागि इराकको आवासिय कार्ड हुनुपर्नेछ ।

परराष्ट्र र कानुन मन्त्रालयको सहमतिमा श्रम मन्त्रालयले इराकमा रहेका नेपालीलाई अभिलेखमा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको छ । गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष विनोद श्रेष्ठले इराकमा रहेका नेपालीहरुको लागि आफूले गरेको लामो समयदेखि गरेको पहल सफल भएको भन्दै खुसि व्यक्त गरे । उनले जेनजी सरकारको कारण प्रत्यक्ष ठूलो संख्यामा इराकमा रहेका नेपालीहरुले ढुक्कले नेपाल आउन र इराक जानको लागि सहज भएको र राहत पाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

२०६१ भदौमा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाउदै नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । तर क्रमश: बिभिन्न क्षेत्रमा नेपालीहरु श्रमिकको रुपमा इराक पुग्ने गरेका छन् ।

इराकमा रहेका नेपालीहरुले सरकारसँग श्रम स्वीकृति सम्बन्धि प्रतिबन्ध हटाउन माग गर्दै आइरहेका थिए । यस क्रममा लामो समयदेखि गैर आवासिय नेपाली संघ इराकले सरकारसँग आफ्नो गुनाशो राख्दै आएपनि बिगतका सरकारहरुले श्रम स्वीकृति दिने निर्णय गरेन ।

श्रम स्वीकृति नपाउँदा कतिपय नेपालीहरु बर्षौं नेपाल नआउने, आईहाले पनि फेरी इराक जान सेटिङ मिलाउन चर्को लागत खर्च गर्न बाध्य हुनुपर्ने अवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने