२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारका पेशेवर ठग: अमृत कुमार नेपाली ! पटक-पटक यिनै ठगको सिकार बन्दै युवाहरु

२०८०, २० कार्तिक सोमबार १०:३०

अनिल अधिकारी । कात्तिक २०, काठमाडौँ । दुई बर्ष अघि इमेल मार्फत बुटवलका गोपाल प्रसाद पन्थीले आफूहरु सहित '५० जनालाई रोजगारको प्रलोभनमा क्रोएसिया पठाइदिने भन्दै उदयपुर (साविक साउने-७) घर भएका अमृत कुमार नेपालीले ठग्यो' भन्दै गुनाशो गरे । तात्कालिन रिपोर्ट अनुसार ठगि गिरोहमा संलग्न अमृतले ५० जनालाई नक्कली भिसा देखाएर प्रतिव्यक्ति एक लाख ५० हजारदेखि ३ लाखसम्मको दरले रकम उठाएको गुनाशो थियो । 



त्यतिबेला ठगिमा संलग्न अमृतले युवाहरुलाई श्रम गर्ने भनेर काठमाडौँ बोलाएका थिए । तर त्यसपछि उनि सम्पर्कबिहीन बने । ठगिमा संलग्न अमृतले प्रभु बैंकको खाता नम्वर ०३८०१७२५५९२०००१ देखाएर ठगिको पैसा बटुलेका थिए । युवाहरुले प्रमाणको लागि उनलाई बैंकमा भौचरनै भरेर 'वैदेशिक रोजगार' प्रयोजननै उल्लेख गरि रकम जम्मा गरेको पाइएको थियो । त्यस क्रममा पन्थीजस्तै अमृतको ठगि चंगुलमा परेका अर्का युवा गणेश आचार्यले बैदेशिक रोजगार बिभाग काठमाडौँमा आई उजुरी दर्ता गराए । उजुरी परेपछि बिभागले २०७८ बैशाख ९ गते कसुरदार पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्यो । उक्त पत्राचार अनुसार ठगीमा संलग्न अमृत कुमार नेपाली उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर १४ स्थाई घर भएका धन बहादुर सार्कीका छोरा रहेको उल्लेख छ । पत्राचार अनुसार अमृत ललितपुरको इमाडोल बस्दै आएको अन्दाजी २७ बर्षीय रहेको बिभागको पत्रमा उल्लेख छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २०७८ बैशाख ९ मै अमृत कुमार नेपालीलाई पक्राउ गर्न भन्दै ललितपुर स्थित प्रहरी कार्यालयलाई पत्रचार गरेको थियो । तर उनलाई प्रहरीले हालसम्म पक्राउ गरेको छैन ।


ठगि जारी छ…

तिनै अमृत कुमार नेपालीको ठगि सृंखला अझै जारी रहेको पाइएको छ । नेपाल प्रहरीलाई बिभागले पक्राउ गर्नु भन्दै २ बर्ष अघिनै पक्राउ पुर्जी जारी भएपनि हालसम्म फरार रहेका अमृतले ठगि धन्दा जारी राखेक छन् । हामीलाई प्राप्त गुनाशो अनुसार केहि दिनअघि तिनै अमृत कुमार नेपाली मार्फत ठगिएको भन्दै काभ्रेका सुमन बहादुर लामा हाम्रो सम्पर्कमा आएका छन् । निरन्तर वैदेशिक रोजगारको प्रलोभनमा ठग्न पल्किएका अमृतले लामासँग दुई लाख ५० हजार ठगेका छन् ।

गत पुसमा अमृतले आफू टर्कीमा रहेको भन्दै नेपालमा आफ्नो एजेन्टले रोजगार सम्बन्धि सबै सहयोग गर्ने भन्दै रकम अशुली गरेको पाइएको छ । हाल ठगि गिरोहमा संलग्न अमृतले श्रीमतीको बैंक खाता प्रयोग गरेर ठगि गर्ने गरेको पाइएको छ । उनले पछिल्लो समय युवाहरुसँग ग्लोबल आइएमई बैंक असन शाखाको खाता नम्वर T907010040141 मा गोमा नेपाली नामको खातामा रकम हाल्न लगाई ठग्दै आएको पाइएको हो ।


पीडितका अनुसार सुरुमा क्रोएसिया पठाइदिने भन्दै प्रलोभनमा पारेर ४० हजार ठगि गरेको त्यसपछि फेरी पोल्याण्ड पठाइदिने भन्दै थप दुई लाख १० हजार ठगि गरेको पाइएको छ । पीडित लामाले अमृतले आफूलाई जस्तै अरु धेरैलाई ठगेको हुनसक्ने बताए । लामाका अनुसार अमृतले विदेशमा छु भन्दै नेपालमा रहेको 'डकुमेन्ट सेवा' व्हाट्सएप चलाउने व्यक्तिलाई हवाला दिँदै आफूले वैदेशिक रोजगारमा पठाउने बताएका थिए । तर पैसा अशुली गरेपछि अहिले व्हाट्सएपमा कहिलेकाही मात्र अनलाइन देखाउने र पैसा माग्दा पछि दिन्छु भन्दै टार्दै आएको पाइएको छ । 

अमृत कुमार नेपालीको कागजातका आधारमा थप बुझ्दा उनको पासपोर्ट नम्बर ११३७६५६८ रहेको छ । जस अनुसार उनले २०२०/०२/०४ मा टर्की रोजगारमा जान नेपाल सरकारबाट व्यक्तिगत श्रम स्वीकृति लिएको देखिन्छ । श्रम स्वीकृतिको आधारमा उनले टर्कीको Side Partners Saglik Turizm Ve Ticaret Ltd Srl मा रोजगारमा गएको बुझिन्छ । तर २०२१ मा ५० जना युवा ठगिएको र २०२३ को सुरुवातमा पनि तिनै अमृत कुमार मार्फत युवाहरु ठगिएको रिपोर्ट यस मिडियामा प्राप्त भईरहँदा यीनले वैदेशिक रोजगार अन्तर्गत ठगिको पेशेवर धन्दा चलाईरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी