२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाकै न्यून, कुन देश कति ?

२०८०, १३ मंसिर बुधबार ०३:३२

मङ्सिर १३, काठमाडौँ । गत कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाको तुलनामा कम भएको पाइएको छ । गत कात्तिक महिनामा २४ हजार ७८ जना नेपालीले वैदेशिक रोजगारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

यस अघि असोजमा ३८ हजार ९४२ जना, भदौमा ३५ हजार ३०३ जना र साउनमा ३९ हजार १५२ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार बिभागले जानकारी दिएको छ । 


गत कात्तिक महिनामा  युएई जाने नेपालीको संख्या सबैभन्दा धेरै रहेको छ । कात्तिकमा मात्र ७ हजार ४१० जनाले युएईको लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यस्तै मलेसिया रोजगारमा जान श्रम स्वीकृति लिनेहरुको संख्या कात्तिकमा ३ हजार ९७९ जना रहेका छन् । यो महिना मात्र साउदीको लागि ३ हजार ५०० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतार जानको लागि २ हजार ४३४ जना, कुवेतको लागि एक हजार ४४८ जना, क्रोएसियाको लागि एक हजार ११६ जना र जापानको लागि ५७५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी