१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आफ्ना र एजेन्टका मान्छे भर्ति गरिसकेर प्रक्रिया पुर्याउन मात्र वैदेशिक रोजगारको बिज्ञापन !

२ बैशाख २०८१, आईतवार ०१:५३

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत दैनिक पत्रिकाहरुमा आउने अधिकांश बिज्ञापनबारे चासो राख्ने लक्षित कामदारहरुले अधिकांश म्यानपावरले भ्रामक बिज्ञापन दिईरहेको गुनाशो गरेका छन् । अधिकांश म्यानपावरहरुले सरकारी प्रक्रिया पुरा गर्न मात्र राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन दिने गरेको पाइएको हो । 

लामो समयदेखि सिमित म्यानपावरहरुले मात्र कामदार छनौटको लागि सिधा कामदारलाई आफ्नो म्यानपावरमा छिर्न दिने गरेको अवस्थामा वैदेशिक रोजगारमा पठाउने क्रममा अधिकांश म्यानपावरहरुले एजेन्टलाईनै मुख्य प्राथमिकता दिईरहेको गुनाशो बढेको छ । सरकारले वैदेशिक रोजगारमा जान फ्री भिसा-फ्री टिकट लागु गरेपछि यो समस्या बढ्दै गएको हो । सरकारको नीति बिपरित आर्थिक अशुली गर्न सहज बनाउने उद्देश्यले अधिकांश म्यानपावरहरुले सिधा कामदारलाई स्वीकार नगरेको वर्तमान अवस्था छ । यस विषयमा सम्बन्धित पक्ष समेत जानाकार छ तर मौन छ । 

सरकारी नीति अनुसार म्यानपावरहरुले वैदेशिक रोजगारमा पठाउनु अघि प्रक्रियागत रुपमा अनिवार्य नेपालको 'क' बर्गको राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन छाप्नुपर्ने नियम छ । यो नियमलाई अधिकांश अवैधानिक काम गर्न पल्किएका व्यवसायीहरुले मानिरहेका छैनन् । बाध्यताले बिज्ञापन छापिहाले पनि बिज्ञापन हेरेर सम्पर्कमा जाने कामदारहरुलाई बिज्ञापननै छैन भन्दै फिर्ता गर्ने गरेको र फोन मार्फत जानकारी माग्दा समेत बिज्ञापन नभएको जानकारी दिएर भ्रमको खेति गरिरहेका छन् । प्राप्त गुनाशो अनुसार दैनिक आउने म्यानपावरका सयौं बिज्ञापन अनुसार छड्के बुझ्ने हो भने आधाभन्दा बढी म्यानपावरले बिज्ञापन छैन भन्ने प्रक्रिया पुरा गर्न मात्र छापिएको हो भन्दै पन्छिने समस्या छ । 

अन्तर्वार्ताको मितिनै उल्लेख गरेर ठूला-ठूला अवसरका बिज्ञापन देखेर उक्त मिति अगावै फोन गर्ने तथा म्यानपावरमै पुग्ने लक्षित बर्गले अनावश्यक सास्ती मात्र पाइरहेका छन् । म्यानपावरहरुले अधिकांश राम्रा कम्पनीमा आफ्ना मान्छे र एजेन्टका मान्छे मात्र भर्ति गरिसकेर प्रक्रियाको लागि मात्र बिज्ञापन गर्ने गरेको गुनाशो छ । त्यसो त कुन-कुन म्यानपावरले त्यस्ता भ्रमको खेति गर्छन् भन्ने सम्बन्धमा वैदेशिक रोजगार बिभागले कुनै अनुगमन वा कारवाही गरेको अभिलेख छैन । यस खाले प्रवृतिको कारण वैदेशिक रोजगारको अवसर भन्दै आउने अधिकांश म्यानपावर कम्पनीका बिज्ञापनले जनमानशमा भ्रम छरिरहेको र दु:ख दिईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न