अस्ट्रेलियामा नेपालीहरुको संख्या दुई बर्षमै ५० हजारले बढे

Posted on: 05 May, 2024

वैशाख २३, काठमाडौँ । अष्ट्रेलियाको ABS (Australian Bureau of Statistics) ले भर्खरै सन् २०२३ को जन्मिएको देशको आधारमा जनसंख्या स्थिति जारी गरेको छ । अष्ट्रेलियामा सामान्यतया जनगणना (प्रत्येक ५ वर्षमा) बाट मात्र यसबारे एकिन अपडेट पाउँछौं तर हालैका वर्षहरूमा ABS ले जन्म देशको आधारमा पनि अनुमानित जनसंख्या प्रकाशित गर्न थालेको हो ।


एक मिडिया रिपोर्ट अनुसार नेपालीहरुको संख्या सन् २००६ मा ४,३५० मात्र रहेको थियो तर उक्त संख्या २०२१ को तथ्यांक अनुसार बढेर १,३०,००० गणना गरिएको थियो । त्यस यता २०२३ सम्ममा नेपालीहरुको संख्या बढेर १७९०५० जना पुगेको छ । रिपोर्ट अनुसार पछिल्लो दुई बर्षमै नेपालीहरुको संख्या ४८ हजार भन्दा बढीले बढेको छ । अष्ट्रेलियामा पछिल्लो दुई बर्षमा भित्रने आप्रवासी कामदारहरुको सूचिमा नेपाल चौथो नम्वरमा रहेको छ । 

पछिल्लो दुई बर्षको डाटा अनुसार अष्ट्रेलियामा सबैभन्दा बढी भारतका नागरिकहरुको वृद्धि भएको छ । उनिहरुको संख्या १,३३,७६० जनाले बढेको छ । 

अष्ट्रेलियामा बढेको आप्रवासीहरुको २०२१-२०२३ को तुलनात्मक वृद्धिलाई हेर्दा नेपालीको वृद्धिदर तेश्रो स्थानमा छ । सर्वाधिक ११८ प्रतिशतले भुटानीहरु थपिएका छन् भने दोश्रो स्थानमा ६१ प्रतिशतले कोलोम्बियनहरु थपिएका छन् । त्यस्तै तेश्रो नम्वरमा नेपालीहरु थपिएका छन् । पछिल्लो दुई बर्षमै नेपालीहरु ३७ प्रतिशतले थपिएका हुन् । 

नेपालबाट अष्ट्रेलियामा बिद्यार्थी भिसा, पहिलेनै अष्ट्रेलिया गएका नेपालीहरुको परिवार, त्यहाँ रहेका नेपालीहरुले जन्माएका बच्चा र नेपाल बाहेक अन्य देश हुँदै पनि अष्ट्रेलिया गएका नेपालीहरुले अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएको पाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!