१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका पठाउँछौँ भन्दै केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइके पक्राउ

३१ बैशाख २०८१, सोमबार ०६:०६

बैशाख ३१, काठमाडौँ | नेपालबाट अवैध बाटो हुँदै अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिने भनि युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ओखलढुङ्गाका स्थानीय जगत बहादुर तामाङ रहेका छन्। उनले भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोड भन्दा धेरै ठगेको आरोप छ ।


वैशाख २८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई सार्वजनिक गरेको थियो । सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीया ङिमवटी शेर्पा, १९ वर्षीया निमा शेर्पा र भोटेकोशी गाउँपालिका–२ घर भएर बूढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा यसअघि पक्राउ परेका हुन् ।

 उनिहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका थिए । उनीहरूलाई जगत बहादुरले परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीले यसबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट