४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित कम्पनीद्वारा नेपालको म्यानपावर माथि प्रतिबन्ध (बिज्ञप्ति सहित)

६ असार २०८१, बिहीबार १३:१४

असार ६, काठमाडौँ । एजेन्टहरु मार्फत सेटिङ मिलाएर नेपाली कामदारहरुसँग चर्को अशुली गरेको आरोपपछि मलेसिया स्थित केएलके कम्पनीले मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सीलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नेपालमा एसओएस म्यानपावर र यसका सब-एजेन्टहरू विरुद्ध अनैतिक भर्ती अभ्यास भएको समाचार रिपोर्ट साझा सबाल मिडिया मार्फत 'SOS म्यानपावरद्वारा निशुल्क कोटा भन्दै अन्तर्वार्ता गराएर अशुली, श्रममन्त्रीले दिए छानबीनको निर्देशन' शिर्षकमा सार्वजनिक भएपछि यस्तो घोषणा गरिएको हो ।

\

केएलकेको आफ्नो सहायक कम्पनि केएल केपुङ रवर प्रडक्ट्स एसडीएन बिएचडीले एजेन्सी कम्पनीले Pekerjaan UKHWAH Sdn Bhd सँग तत्काल कुनै पनि सम्झौता नरहने घोषणा गरेको छ । साथै उक्त कम्पनीले नेपालको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिसँग पनि सम्बन्ध बन्द भएको विज्ञाप्ति मार्फत जनाएको छ ।

उक्त कम्पनीले एक स्वतन्त्र तेस्रो-पक्ष मूल्याङ्कन मार्फत कामदारको उचित परिश्रम, मानक सञ्चालन प्रक्रियाहरू र गुनासो व्यवस्थापन बढाउन सिफारिसहरू प्रदान गरेको जनाउँदै, यो नीतिलाई KL-Kepong रबर उत्पादनहरू र समूह कार्यान्वयन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

विज्ञाप्तिमा केएललेले अनुसन्धानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनेको छ – "स्थानीय समूह र स्रोत देशहरूमा श्रमिक भर्तीलाई नियन्त्रित गर्ने अन्तर्राष्ट्रिय मापदण्डहरू र श्रम कानूनहरूको पालना गर्न प्रतिबद्ध छ र हाम्रा अतिथि कामदारहरूको हितको रक्षा गर्न कडा नो-भर्ती शुल्क नीति जारी राख्नेछ । हामी सबै रिपोर्टहरू गम्भीरताका साथ लिन्छौं र अगाडि आएका सबै सम्बन्धित पक्षहरूलाई धन्यवाद दिन्छौं।" 

नेपालमा एसओएस म्यानपावरले सब एजेन्टहरुको प्रयोग गरि उक्त कम्पनीमा नेपाली कामदार पठाउँदा चर्को लागत अशुलि गरेको रिपोर्ट सार्वजनिक भएपछि उक्त कम्पनीका प्रतिनिधि नेपालमै आएका थिए । साथै तेश्रो स्वतन्त्र पक्षले रिपोर्टको सत्यतामाथि अनुसन्धान अगाडी बढाएको थियो । उक्त अनुसन्धानपछि पीडित प्रमाणित भएका नेपाली युवाहरुलाई कम्पनीले क्षेतीपूर्ति समेत दिएको थियो । 

रोजगारदाताले कारवाही गर्यो, बिभाग भने मौन !

केएलके मलेसिया निशुल्क नेपाली कामदार लैजाने कम्पनी हो । नैतिक भर्ना प्रक्रिया अन्तर्गत कामदार पठाउनुपर्ने केएलके कम्पनीमा एसओएस म्यानपावरले सब एजेन्टहरु प्रयोग गरि २ लाख ६० हजारसम्म रकम उठाएको सम्बन्धमा साझा सबाल मिडियाबाट बिभिन्न प्रमाण सहित समाचार रिपोर्ट सम्प्रेषण भएको थियो । म्यानपावरले एजेन्टलाई मलेसिया रोजगारमा जान लागेका युवाहरुले पैसा नतिरेकै कारण म्यानपावर र वैदेशिक रोजगार बिभागका कर्मचारीको मिलिमतोमा अन्तिम श्रम-स्वीकृति र भिसानै रद्ध गरिदिएको थियो । 

वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिईसकेका कामदारको स्वीकृति रद्ध गरिदिएको सम्बन्धमा म्यानपावर एजेन्सी र बिभाग कर्मचारीको मिलिमतो भएको विषयमा बिभाग हालसम्म मौन छ । यो प्रक्रियामा म्यानपावरका प्रतिनिधि वा बिभागका कर्मचारी कारवाहीको दायरामा आउनुपर्ने हुन्छ । यस सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले सचिव मार्फत बिभागलाई छानबिनको लागि निर्देशन दिएका थिए ।

रोजगारदाताले नेपालबाट कामदार लैजाने क्रममा मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सी मार्फत अबैधानिक गतिबिधि भएको निष्कर्ष सहित प्रतिबन्ध सहितको बिज्ञप्ति जारी गरिसक्दा वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रण गर्न जिम्मेवार निकायहरुले यो विषयलाई अनदेखा गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन