२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया स्थित कम्पनीद्वारा नेपालको म्यानपावर माथि प्रतिबन्ध (बिज्ञप्ति सहित)

२०८१, ६ असार बिहीबार १३:१४

असार ६, काठमाडौँ । एजेन्टहरु मार्फत सेटिङ मिलाएर नेपाली कामदारहरुसँग चर्को अशुली गरेको आरोपपछि मलेसिया स्थित केएलके कम्पनीले मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सीलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नेपालमा एसओएस म्यानपावर र यसका सब-एजेन्टहरू विरुद्ध अनैतिक भर्ती अभ्यास भएको समाचार रिपोर्ट साझा सबाल मिडिया मार्फत 'SOS म्यानपावरद्वारा निशुल्क कोटा भन्दै अन्तर्वार्ता गराएर अशुली, श्रममन्त्रीले दिए छानबीनको निर्देशन' शिर्षकमा सार्वजनिक भएपछि यस्तो घोषणा गरिएको हो ।

\

केएलकेको आफ्नो सहायक कम्पनि केएल केपुङ रवर प्रडक्ट्स एसडीएन बिएचडीले एजेन्सी कम्पनीले Pekerjaan UKHWAH Sdn Bhd सँग तत्काल कुनै पनि सम्झौता नरहने घोषणा गरेको छ । साथै उक्त कम्पनीले नेपालको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिसँग पनि सम्बन्ध बन्द भएको विज्ञाप्ति मार्फत जनाएको छ ।

उक्त कम्पनीले एक स्वतन्त्र तेस्रो-पक्ष मूल्याङ्कन मार्फत कामदारको उचित परिश्रम, मानक सञ्चालन प्रक्रियाहरू र गुनासो व्यवस्थापन बढाउन सिफारिसहरू प्रदान गरेको जनाउँदै, यो नीतिलाई KL-Kepong रबर उत्पादनहरू र समूह कार्यान्वयन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

विज्ञाप्तिमा केएललेले अनुसन्धानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनेको छ – "स्थानीय समूह र स्रोत देशहरूमा श्रमिक भर्तीलाई नियन्त्रित गर्ने अन्तर्राष्ट्रिय मापदण्डहरू र श्रम कानूनहरूको पालना गर्न प्रतिबद्ध छ र हाम्रा अतिथि कामदारहरूको हितको रक्षा गर्न कडा नो-भर्ती शुल्क नीति जारी राख्नेछ । हामी सबै रिपोर्टहरू गम्भीरताका साथ लिन्छौं र अगाडि आएका सबै सम्बन्धित पक्षहरूलाई धन्यवाद दिन्छौं।" 

नेपालमा एसओएस म्यानपावरले सब एजेन्टहरुको प्रयोग गरि उक्त कम्पनीमा नेपाली कामदार पठाउँदा चर्को लागत अशुलि गरेको रिपोर्ट सार्वजनिक भएपछि उक्त कम्पनीका प्रतिनिधि नेपालमै आएका थिए । साथै तेश्रो स्वतन्त्र पक्षले रिपोर्टको सत्यतामाथि अनुसन्धान अगाडी बढाएको थियो । उक्त अनुसन्धानपछि पीडित प्रमाणित भएका नेपाली युवाहरुलाई कम्पनीले क्षेतीपूर्ति समेत दिएको थियो । 

रोजगारदाताले कारवाही गर्यो, बिभाग भने मौन !

केएलके मलेसिया निशुल्क नेपाली कामदार लैजाने कम्पनी हो । नैतिक भर्ना प्रक्रिया अन्तर्गत कामदार पठाउनुपर्ने केएलके कम्पनीमा एसओएस म्यानपावरले सब एजेन्टहरु प्रयोग गरि २ लाख ६० हजारसम्म रकम उठाएको सम्बन्धमा साझा सबाल मिडियाबाट बिभिन्न प्रमाण सहित समाचार रिपोर्ट सम्प्रेषण भएको थियो । म्यानपावरले एजेन्टलाई मलेसिया रोजगारमा जान लागेका युवाहरुले पैसा नतिरेकै कारण म्यानपावर र वैदेशिक रोजगार बिभागका कर्मचारीको मिलिमतोमा अन्तिम श्रम-स्वीकृति र भिसानै रद्ध गरिदिएको थियो । 

वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिईसकेका कामदारको स्वीकृति रद्ध गरिदिएको सम्बन्धमा म्यानपावर एजेन्सी र बिभाग कर्मचारीको मिलिमतो भएको विषयमा बिभाग हालसम्म मौन छ । यो प्रक्रियामा म्यानपावरका प्रतिनिधि वा बिभागका कर्मचारी कारवाहीको दायरामा आउनुपर्ने हुन्छ । यस सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले सचिव मार्फत बिभागलाई छानबिनको लागि निर्देशन दिएका थिए ।

रोजगारदाताले नेपालबाट कामदार लैजाने क्रममा मलेसियाको एजेन्सी र नेपालको म्यानपावर एजेन्सी मार्फत अबैधानिक गतिबिधि भएको निष्कर्ष सहित प्रतिबन्ध सहितको बिज्ञप्ति जारी गरिसक्दा वैदेशिक रोजगार क्षेत्रको बेथिति नियन्त्रण गर्न जिम्मेवार निकायहरुले यो विषयलाई अनदेखा गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ