पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी का"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जानेहरुलाई खुसीको खबर, सुरु भयो श्रममा अनलाइन प्रणाली

३ पुष २०७३, आईतवार १५:०२

पुस ३, काठमाडौँ  । आजदेखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गर्नुभयो । पूर्व श्रम स्वीकृति आजबाटै अनलाइन प्रणालीमार्फत दिइनेछ भने हप्ता दिनपछि अन्तिम श्रम स्वीकृति समेत अनलाइनबाट दिइने व्यवस्था मिलाइनेछ । 

मेनपावर कम्पनीले आफ्नै ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजरनेमको जानकारी दिनुपर्छ । सोही आधारमा सो युजरनेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ । अहिले श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौ लाइनमा लाग्नुपर्ने बाध्यता रहेको छ । यो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै जानेछ । 

बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायतका सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । गलत नामावली, नक्कली बिमाजस्ता समस्या समेत हटाउन यसले भूमिका खेल्ने विश्वास लिइएको छ । 

मन्त्री गुरुङले अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता लिएको बताउँदै यो प्रणालीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदारले स्वीजरल्यान्ड सरकारको सहयोगमा यो प्रणाली विकास गर्न सम्भव भएको बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो । 

नेपालका लागि स्वीजरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले श्रम र रोजगारको क्षेत्रमा आफ्नो देशले नेपाललाई सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्वीजरल्यणन्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो । रासस 

यो पनि हेर्नुहोस 

अब अनलाइनबाटै श्रम गर्न यसरी फारम भर्नुस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल