2026-10-15 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुले अब अनलाइनबाटै श्रम गर्न यसरी फारम भर्नुस ?

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले अब श्रम इजाजत लिन लाइनमा बस्नुपर्ने बाध्यता नहुने भएको छ । सरकारले श्रम लिनको लागि रातभरि पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइनबाटै फारम भर्न सकिने नयाँ सुरुवात गर्न लागेको हो ।

यो काम सफल भएमा म्यानपावर मार्फत हुने श्रम पनि अनलाइन नै बनाउने तयारी छ । अनलाइनबाट सबै प्रक्रिया टुंगिएपछि मात्रै श्रम स्वीकृतिको स्टीकर लिनको लागि कामदारहरुले आफ्नो पासपोर्ट बोकेर बैदेशिक रोजगार विभाग ताहाचल जाँदा हुन्छ ।

बैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम लिने क्रममा दलालहरुले मोटो रकम अशुल गर्ने गरेको भन्दै अबको कदमले व्यक्तिगत श्रम लिनेलाई सहज हुने बिभागको बिश्वास छ । 

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नाम दिएको छ । यो सिस्टम अनुसार व्यक्तिगत श्रम स्वीकृति लिनेले सुरुमा फारम भर्नुपर्ने हुन्छ । यो निकै सजिलो प्रक्रिया हो, अनलाइन चलाउन नजान्नेहरुले साइबर तथा अनलाइन जानेकाहरु मार्फत सजिलै आफ्नो व्यक्ति गत डाटा भर्न सक्नेछन् ।

जसमा बिशेष गरि आफ्नो पासपोर्टमा भए अनुसारको नाम, ठेगाना, फारममा मागिएका अन्य विवरणहरु (पासपोर्ट अनुसार) लगायत डिटेल आवश्यक पर्छ । फेसबुक वा जीमेल आइडी बनाएजस्तै अनलाइन भर्नेले यो सिस्टममा आफ्नो आइडी बनाउछ र पछि आफुलाई आवश्यक परेका वा बिभागले थप विवरण मागेको अवस्थामा अन्य विवरण समेत आफ्नो पहिलेनै बनाएको आइडी र पासवर्ड मार्फत ‘लग इन’ गर्नुपर्छ । 

कसरी भर्ने फारम ?

– सुरुमा आफ्नो आइडी बनाउनुपर्छ । आइडी बनाउन फेसबुक वा गुगलमा आइडी बनाएजतिकै सजिलो हुन्छ । 

– आफ्नो आइडी बनेपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा भर्नुपर्छ साथै आवश्यक डकुमेन्टहरु त्यहि फारममा अपलोड गर्नुपर्छ । 

– अब तपाइले भरेको डाटा अनुसार बैदेशिक रोजगार विभागले तपाइँ कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण अध्ययन गर्छ । यदी तपाइले भरेको सबै ठिक छ भने अब विभागले तपाइको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । यदी तपाइको अनलाइन फारम स्वीकृत भएमा अब तपाइले इमेल पाउनुहुनेछ । अन्यथा बिभागले तपाईलाई अरु डकुमेन्ट थप्नुपर्ने भएमा त्यसको जानकारी पनि इमेलमै पठाउनेछ । फेरी आफ्नो डकुमेन्ट तपाइले आफ्नो पहिलेकै आइडी मार्फत पठाउन सक्नुहुनेछ । 

– श्रमको लागि एप्रोभ भएका तपाईले अब बैंकमा तोकिएको शुल्क जम्मा गर्नुपर्ने हुन्छ । पैसा तिर्नको लागि तपाइँ नेपालभरकै ठूला बाणिज्य बैंकका जुनसुकै शाखा प्रयोग गर्न सकिन्छ ।

– त्यसपछि विदेश जानु अघि लिनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ, त्यहाँ तपाईले  विद्युतीय प्रणालीबाट आफ्नो ल्याप्चे लगाएपछी मेडिकलका लागि जानुपर्ने हुन्छ । 

– यदी तपाइ मेडिकल फिट हुनुहुन्छ भने अब तपाइको मेडिकल रिपोर्ट बुझाउन पनि तपाईले कुनै दु:ख गर्नुपर्दैन । मेडिकल गरेको ठाउँबाटै तपाइको रिपोर्ट बिभागले पाईसकेको हुन्छ ।

– त्यस्तै तपाइले गरेको बिमाको रेकर्ड पनि बिमा कम्पनीबाट सिधै सरकारले पाउँछ ।

– अब भने तपाइको सबै प्रक्रिया पुग्यो, अब तपाइले इमेल पाउनुहुनेछ । तपाइको सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि तपाइँ अब आफ्नो पासपोर्ट लिएर बैदेशिक रोजगार बिभाग जानुपर्छ । 

– बिभागबाट श्रम अधिकारीले तपाइको पासपोर्टमा श्रम स्वीकृति भएको स्टीकर टाँसिदिनेछन् । 

अब तपाइँ टिकट काटेर आफुले जान लागेको देशको लागि जान तयार हुनुभयो । यदी माथिका कुनैपनि प्रक्रियामा असहज भएमा तपाइले सिधै बैदेशिक रोजगार विभागसँग सहयोग समेत माग्न सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने