१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले रोजगारीका लागि युरोपको लिथुएनिया खुलायो, न्युनतम तलब कति ?

१५ पुष २०७३, शुक्रबार ०७:३६

पुस १५, काठमाडौं । सरकारले युरोपको बिकसित देश लिथुएनियामा नेपाली कामदारका लागि संस्थागत रुपमा कामदार लैजान सिफारिस प्रतिवेदन पेश गरेको छ । अब श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि लिथुएनिया खुलाउने निर्णय मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

सरकारले गठन गरेको अध्ययन समितिले लिथोएनियामा नेपाली कामदारलाई संस्थागत श्रम स्वीकृति दिन सकिने भन्दै सिफारिस गरेको हो । यो प्रस्ताव स्वीकृत भएको खण्डमा अब नेपाली कामदार यो देशमा सरकार मार्फत जान सक्छन । लिथोएनिया रोजगारीको लागि राम्रो देश मानिन्छ । पोल्याण्ड र रसिया नजिकै पर्ने लिथुएनियामा युरो चल्ने हुँदा यहाँ रोजगारी गर्ने कामदारले आकर्षक तलब पाउछन । गठन समितिले उक्त देशको स्थिति, मानव अधिकारको अवस्था, आप्रवासी कामदारलाई हुने व्यवहार, पारिश्रमिक लगायत बिभिन्न बिषयमा अध्ययन गर्दै उक्त देश नेपाली कामदारको लागि उचित हुने प्रतिवेदन निकालेको छ ।

नेपाली कामदारको लागि लिथोएनियाबाट विभिन्न उद्योग-कलकारखाना, ईंटा-भट्टामा लगायत उच्च पदहरुमा दक्ष डाक्टर, नर्स, इञ्जिनियर आदिको माग आएपछी सरकारले यो देशमा कामदार पठाउन सकिने-नसकिने अध्ययन सुरु गरेको थियो ।

न्युनतम तलब कति ? 

सरकारले प्रस्ताब स्वीकृत गरेको खण्डमा लिथुएनियाका लागि न्युनतम् पारिश्रमिक मासिक ३ सय ५० युरो तोकेको छ । म्यानपावरले युरोपियन मुलुक भएकाले पारिश्रमिक राम्रो हुने बताएका भएपनि सरकारले भने न्युनतम तलब तोकेको छ ।सरकारले तोके अनुसार यो देशको लागि नेपाली कामदारलाई मासिक नेपाली ४२ हजार भन्दा बढी तलब दिनुपर्ने हुन्छ । लिथुएनियाका लागि बिभिन्न म्यानपावरमा डिमाण्ड आएपछि म्यानपावरहरुले सरकारलाई उक्त देशमा कामदार पठाउने स्वीकृति दिन दवाब दिँदै आएका थिए । अहिलेसम्म उक्त देशबाट नेपाली कामदारका लागि आएका बिभिन्न मागपत्रहरु कुनै नीति नभएका कारण अस्वीकृत भईसकेका छन् । अब मन्त्रिपरिषदले यो देशमा कामदार पठाउने प्रस्ताव स्वीकृत गरेको खण्डमा अब आउने नयाँ डिमान्डहरुलाई स्वीकृत दिन सकिनेछ । 

कस्तो देश हो लिथुएनिया ? 

लिथुएनिया युरोपियन देशहरु मध्येको एक स्वतन्त्र देश हो | नेपाली कामदारका लागि अति आकर्षक गन्तब्य मानिने इजरायल जतिकै बिकास सम्पन्न यो देशको आर्थिक स्थिति पनि निकै राम्रो छ | यहाका नागरिकहरुको प्रतिव्यक्ति आय २९ हजार ९ सय डलर रहेको छ । २८ लाख भन्दा बढी जनशंख्या भएको यो देशको प्रतिव्यक्ति आयलाई हेर्ने हो भने यो देश विश्वकै ४१ औं धनी राष्ट्रमा गनिन्छ । आर्थिक रुपमा शक्तिशाली बन्दै गएको यो देशमा पछिल्लो समय नेपाली कामदारको लागि राम्रो मागहरु आउने गरेका छन् । 

यो देशमा लिथुनिएन भाषाको प्रयोग हुन्छ । नेपालभन्दा सानो यो देशको क्षेत्रफल ६५,३०० बर्गकिलोमिटर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन