२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार बिभागद्धारा नयाँ म्यानपावर संचालन गर्न लाईसेन्स वितरण

२६ फाल्गुन २०७३, बिहीबार १०:४७


मनोज पराजुली/फागुन २६, काठमाडौँ । बैदेशिक रोजगार विभागमा २०६८ साल अगाडी प्रक्रिया पुर्याएर म्यानपावर संचालनका लागि लाइसेन्स लिन निवेदन दिएका कम्पनीहरुलाई लाईसेन्स वितरणको काम  गरिरहेको बैदेशिक  रोजगार विभागले जनाएको  छ  ।

 २०६८ अघि नयाँ लाईसेन्स लिनका लागि आवेदन दिएका तर दर्ता नभएका म्यानपावर कम्पनीहरुले अदालती निर्णय लिएर  बिभाग आएपछि वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर संचालनका लागि लाइसेन्स दिएको विभागकी निर्देशक रमा भट्टराईले  जानकारी  दिईन । सरकारले २०६८ असोज १३ गतेदेखि  नयाँ म्यानपावर खोल्नका लागि लाईसेन्स वितरणको काम  रोक लगाएको थियो ।

 यस आर्थिक बर्षमा अहिलेसम्म विभागबाट ३० वटा नयाँ म्यानपावर खोल्नका लागि  व्यवसायीहरुले लाइसेन्स लिइसकेका विभागले जनाएको छ । बैदेशिक रोजगार बिभागबाट यसअघि ७ सय ५६ वटा म्यानपावरले अनुमति लिएका थिए । नयाँ लाइसेन्स लिएपछि म्यानपावरहरुको संख्या ७ सय ९० को हाराहारी पुगेको तर हालसालैको नयाँ डाटा अह्याबधिक भइ नसकेको विभागकी निर्देशक  रमा भट्टराईले  जानकरी दिईन ।  नयाँ म्यानपावर खोल्न चाहनेहरुले  २३ लाख बैंक ग्यारेन्टी, ७ लाख नगद धरौटी बुझाउनुपर्छ  ।

 बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल प्रसाद ढकालले भने, 'अहिले भएका म्यानपावर हरुलाई राम्रोसंग व्यवस्थित गर्न नसकेको अवस्थामा जुन रुपमा नयाँ म्यानपावर लाइसेन्स बैदेशिक रोजगार विभागले दिएको छ, यो अनावश्यक हो, यसमा  विभागका कर्मचारीहरुले अनुचित फाइदा लिएर निर्णय गरिएको छ ।'

ऊनले भने, 'यसमा अदालतको पनि दोष छ, अदालतले पनि कुनै पनि क्षेत्र व्यवसायलाई व्यवस्थित रुपमा आगाडी लिएर जानुपर्ने ठाउँमा अदालतले अनावश्यक आदेश दिएर यसलाई अस्तव्यस्त बनाउन लागेको छ, बैदेशिक रोजगार बिभाग र अदालत बिच सेटिंग भएर निर्णय भएको हो, यो गर्न जरुरि छैन । अहिले भएका एजेन्सीहरु नै धेरै छन् यस्तो बेलामा अरु थपेर यो क्षेत्रलाइ अझ अस्तव्यस्त गर्न जरुरि छैन बरु व्यवस्थित र मर्यादित गर्नतर्फ  लाग्नुपर्छ ।'

 उनले थपे, 'यसका पछाडी ठुलो आर्थिक चलखेल छ, यो निर्णय बैदेशिक रोजगार विभागका कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर बैदेशिक रोजगार विभागका महानिर्देशक लगायतका अन्य कर्मचारीहरुले नयाँ कम्पनीहरु दर्ता गरेका छन् यसमा हामीले अख्तियारको पनि ध्यानाकर्षण गराएका छौँ  र अख्तियारले पनि ध्यान दिनुपर्छ ।'

 बैदेशिक रोजगार व्यवसायी संघका सस्थापक अध्यक्ष महेन्द्र शेरचनले भने, 'प्रक्रिया पुगेको छ भने सबैले व्यवसाय दर्ता गर्न पाउनुपर्छ, तर कम्पनि खोलिसकेपछि  राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्ने कम्पनीको लाईसेन्स खारेज सम्म गर्नुपर्छ ।'  उनले म्यानपावर कम्पनि खोल्ने प्रक्रिया मात्र अगाडी बढ्ने, काम कारबाही नगर्ने र जनता ठगिने मात्र भयो भने लाईसेन्स खोलेर मात्र कुनै अर्थ नहुने बताए । साथै हरेक म्यानपावरले असार  मसान्त भित्र नविकरण गर्नुपर्ने र साउन मसान्तभित्र नयाँ लाईसेन्स लिन सक्ने प्रक्रियाको व्यवस्था गर्नुपर्नेमा  जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला