२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

विदेशबाट दशैंको लागि आएका यात्रुहरुको लगेज विमानले उतै छुटाईदिएपछि…

२०८१, २४ आश्विन बिहीबार १४:२३

काठमाडौं । बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्किएका अधिकांश यात्रूहरुले लगेज पाएनन् । पछि यात्रुहरुलाई थाहा भयो कि बिमानले आफ्नो लगेजनै ल्याएको छैन ।

कुवेत एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका हुन् । कुवेत एयलाइन्सको उडान नम्बर केयू ३९१ विमान आज बिहान साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो ।

सोही विमान चढेर काठमाडौं आएका एक यात्रुहरुले दशैं मनाउन आउँदा लगेज नै छुटेपछि खल्लो लागेको बताएका छन् । उनिहरुले दशैंको लागि लगेजमा किनमेल सामानहरु छुट्दा दु:ख लागेको बताए ।

आफ्नो लगेज छुटेपछि यात्रुहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कुवेत एयरलाइन्सको कार्यालयमा लगेज दाबी गर्दै निवेदनसमेत दिएका छन् । लगेज छुटेपछि कुवेत एयरलाइन्सले आगामी सोमबारसम्म यात्रुहरुको लगेज सुरक्षित रुपमा उपलब्ध गराईदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने