४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल वैदेशिक रोजगार व्यावसायी संघ स्थापनाको ३२ बर्षपछि आफ्नै भवनमा

२६ चैत्र २०८१, मंगलवार ०१:०८

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँको सिफलमा आफ्नै भवन खरीद गरि औपचारिक संघको कार्यालय स्थापित गरेको छ ।

बिभिन्न २३६ म्यानपावर कम्पनी र सम्बन्धित संस्थाहरुको सहयोगमा संघले ४ करोड ५३ लाख खर्चमा संघको आफ्नै प्रशासनिक भवन खरीद गरेको हो । संघको कार्यालयको लागि द रिभर ओभरसिज प्रा.लिले सबैभन्दा बढी सहयोग गरेको छ । उक्त म्यानपावरले १४ लाख ५१ हजार सहयोग गरेको हो ।

संघको भवन खरिदको लागि बिभिन्न ३० म्यानपावरले ५ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिले भवन खरिद गर्नु ३२ बर्षको इतिहाँसमा सबैभन्दा मुख्य उपलब्धि भएको बताए ।

संघको आफ्नै भवनको आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उद्घाटन गरेका छन् । आज संघको आफ्नै कार्यालयमा आयोजित भवन उद्घाटन समारोहमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमुलक काम गर्न सकेकोमा गर्व महसुस भएको बताए । उनले सबै व्यवसायीको साझा काम भएको भन्दै भवनको विषयलाई लिएर आलोचना नगर्न अनुरोध गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट