४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने

२९ चैत्र २०८१, शुक्रबार २१:०१

काठमाडौँ । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक राेजगार अन्तर्गत युरोपको मागपत्र प्रमाणीकरणको सहजीकरणको काम अबको एक महिनाभित्रै सुरु हुने बताएका छन् । मन्त्री भण्डारीले संस्थागत श्रम स्विकृतीको प्रमाणीकरण सँगै युरोपमा व्यक्तिगत रुपमा कामदार पठाउने हरु माथि लगाम लगाउने बताए ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारण सभाको कार्यक्रम उदघाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले मुलुककाे अर्थतन्त्रमा वैदेशिक राेजगार व्यवसायीको याेगदानकाे कदर गर्न सरकार तयार रहेको भन्दै संख्या सय लगायतका समस्या समाधानदेखि मागपत्र प्रमाणीकरणका समस्या समाधान हुने बताएका हुन् । मन्त्री भण्डारीले प्राेटाेकल मिलाएर घरेलु कामदार पठाउने लगायतका विषयमा सरकार सुधारका लागि तयार रहेको, तर व्यवसायी कामदारका अधिकारका पक्षमा इमानदार हुन जरुरी रहेको उनले बताए ।

संघको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युएईमा रोजगारमा जाने कामदारको न्युनतम तलब ८०० लाई बढाएर १०००, १३०० र १५०० बेसिक बनाउने तयारीमा सरकार रहेको जानकारी दिएका छन् । भण्डारीले त्यो भन्दा कम तलबको डिमाण्ड ल्याउन नपाउने बताए ।

सोहि कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकार वैदेशिक राेजगार व्यवसायी र कामदारको सुरक्षामा गम्भीर रहेको बताए । अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका सय संख्याको समस्याको समाधान, मागपत्र प्रमाणीकरणको समस्या समाधान, सेवा शुल्क परिमार्जनकाे विषयमा आफू जानकार रहेको बताउँदै त्यसको व्यावस्थापनमा अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, लागतकाे परिभाषा गरी सेवा शुल्क परिमार्जनकाे विषयमा जानकार रहेको बताए ।

सरकारले युरोप रोजगारको लागि मागपत्र प्रमाणीकरणको काम सहज नबनाउदा युरोप रोजगारको नाममा बेथिति बढेको छ । युरोप रोजगारमा अबैध कन्सल्टेन्सी र व्यक्तिहरुले कामदार पठाउने गरिरहेको सम्बन्धमा सम्बन्धित निकायले चासो नदेखाएको र उल्टो व्यक्तिगत श्रम स्वीकृतिलाई प्राथमिकता दिएर फाइदा लिने गरेको आरोप लाग्दै आएको छ । वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउँदा सम्बन्धित निकायका अधिकारीहरुलाई बेफाइदा हुने हुँदा सुधार गर्न नचाहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ