२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने

२०८१, २९ चैत्र शुक्रबार २१:०१

काठमाडौँ । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक राेजगार अन्तर्गत युरोपको मागपत्र प्रमाणीकरणको सहजीकरणको काम अबको एक महिनाभित्रै सुरु हुने बताएका छन् । मन्त्री भण्डारीले संस्थागत श्रम स्विकृतीको प्रमाणीकरण सँगै युरोपमा व्यक्तिगत रुपमा कामदार पठाउने हरु माथि लगाम लगाउने बताए ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारण सभाको कार्यक्रम उदघाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले मुलुककाे अर्थतन्त्रमा वैदेशिक राेजगार व्यवसायीको याेगदानकाे कदर गर्न सरकार तयार रहेको भन्दै संख्या सय लगायतका समस्या समाधानदेखि मागपत्र प्रमाणीकरणका समस्या समाधान हुने बताएका हुन् । मन्त्री भण्डारीले प्राेटाेकल मिलाएर घरेलु कामदार पठाउने लगायतका विषयमा सरकार सुधारका लागि तयार रहेको, तर व्यवसायी कामदारका अधिकारका पक्षमा इमानदार हुन जरुरी रहेको उनले बताए ।

संघको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युएईमा रोजगारमा जाने कामदारको न्युनतम तलब ८०० लाई बढाएर १०००, १३०० र १५०० बेसिक बनाउने तयारीमा सरकार रहेको जानकारी दिएका छन् । भण्डारीले त्यो भन्दा कम तलबको डिमाण्ड ल्याउन नपाउने बताए ।

सोहि कार्यक्रममा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकार वैदेशिक राेजगार व्यवसायी र कामदारको सुरक्षामा गम्भीर रहेको बताए । अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका सय संख्याको समस्याको समाधान, मागपत्र प्रमाणीकरणको समस्या समाधान, सेवा शुल्क परिमार्जनकाे विषयमा आफू जानकार रहेको बताउँदै त्यसको व्यावस्थापनमा अर्थमन्त्री पाैडेलले व्यवसायीले उठाउँदै आएका संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, लागतकाे परिभाषा गरी सेवा शुल्क परिमार्जनकाे विषयमा जानकार रहेको बताए ।

सरकारले युरोप रोजगारको लागि मागपत्र प्रमाणीकरणको काम सहज नबनाउदा युरोप रोजगारको नाममा बेथिति बढेको छ । युरोप रोजगारमा अबैध कन्सल्टेन्सी र व्यक्तिहरुले कामदार पठाउने गरिरहेको सम्बन्धमा सम्बन्धित निकायले चासो नदेखाएको र उल्टो व्यक्तिगत श्रम स्वीकृतिलाई प्राथमिकता दिएर फाइदा लिने गरेको आरोप लाग्दै आएको छ । वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउँदा सम्बन्धित निकायका अधिकारीहरुलाई बेफाइदा हुने हुँदा सुधार गर्न नचाहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण