भदौ १३, काठमाडौँ | वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकट..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ | वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकट..."/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागद्वारा ३० म्यानपावरलाई कारवाही (को-को परे ?)

१३ भाद्र २०७४, मंगलवार १८:३५

भदौ १४ , काठमाडौँ | वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकटको विवरण नबुझाएको भन्दै ३० वटा म्यानपावर कम्पनीहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको निर्देशनमा ३० म्यानपावरलाई बिभागले मंगलबार कारबाही गरेको हो ।  

विभागको कारबाहीमा अन्तर्गत रु. एक लाख रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनीहरु १६ वटा रहेका छन् भने रु. ५० हजार हजार रुपैयाँ जरिवाना तिर्नेहरुमा १४ म्यानपावर रहेका छन् ।

रु.१  लाखको दरले जरिवाना खेपेका म्यानपावरहरुको लिष्ट हेर्नुहोस् 

१. सिद्धार्थ गौतम ओभरसिज प्रा.लि. 

२. यूनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस प्रा.लि. 

३. क्यापिटल रिकुटमेन्ट सर्भिस प्रा.लि. 

४. मुनलाइट इन्टरनेशनल प्रा.लि 

५. सन रे ग्लोबल ओभरसिज प्रा.लि. 

६. स्के इन्टरप्राइजेज प्रालि 

७. इनोभेटिभ सर्भिसेज प्रा.लि. 

८. फरदोश इन्टरनेशनल सर्भिस कम्पनी प्रा.लि 

९. एसआरएस ओभरसिज सर्भिसेज प्रा.लि. 

१०. रेडरोज इन्टरनेशनल म्यानपावर प्रा.लि. 

११. हामिदा इन्टरनेशनल प्रालि 

१२. सार्प ह्यूमन रिसोर्सेज प्रा.लि. 

१३. नेपाल रिक्रुटिङ सर्भिसेज प्रा. लि. 

१४. कौशिक जनशक्ति इन्टरनेशनल प्रा.लि. 

१५. मुस्ताङ ओभरसिज प्रा.लि. 

१६. सिनमल गोर्खा इन्टरनेशनल मेनेजमेन्ट सर्भिस प्रा.लि.  

रु. ५०,०००/- जरिवाना तिर्ने म्यानपावर कम्पनीहरुको लिष्ट हेर्नुहोस 

१. राइजिङ्ग स्टार ओभरसिज प्रा.लि.

२. बेबी एन्जल इन्टरनेशनल प्रा.लि 

३. पीस नेपाल ओभरसिज प्रा लि. 

४. जब सिकर म्यानपावर प्रा.लि. 

५. सारथी ओभरसिज रिक्रटमेन्ट प्रालि 

६. एशोसिएट्स वेलकम इन्टरनेशनल प्रा.लि. 

७. रीजा ओभरसिज इम्प्लाइमेन्ट प्रा.लि. 

८. एपोलो मेनपावर सर्भिसेज प्रा.लि. 

९. एबिसी ओभरसिज प्रा.लि. 

१०. स्तुपा ओभरसिज सर्भिस प्रा.लि. 

११. मेरिडियन मेनपावर सर्भिस प्रा.लि. 

१२. श्रीओम महाशक्ति इम्प्लोइमेन्ट प्रा.लि. 

१३. ध्वनी इन्टरनेशनल प्रा.लि. 

१४. एनएसओ कन्सल्ट प्रा.लि. 

बैदेशिक रोजगार बिभागले गत बर्ष फागुनमा वैदेशिक रोजगार ऐनको दफा ३४ बमोजिम फ्रि भिषा, फ्रि टिकट  कार्यान्वयन भए-नभएको अनुगमन गर्न निर्णय गरि चैत्र १ गते पहिलो सबै म्यानपावर कम्पनीलाई फ्रि भिषा, फ्रि टिकट अनुसार वैदेशिक रोजगारीमा गएका कामदारको विवरण बुझाउन निर्देशन गरेको थियो । बिभागको उक्त निर्देशनको बिरोध गरेका म्यानपावरहरुलाई म्याद थप गरि पुन: विवरण पेस गर्न अवसर दिईएको भएपनि धेरैले विवरण नबुझाई उम्किन प्रयास गरेका थिए । बिभागले पटक-पटक ताकेता गर्दा पनि विवरण नबुझाएपछी पछिल्लो पटक ३ दिने समय नघाई बुझाउने म्यानपावरलाई ५० हजार र विवरण नै नबुझाउने म्यानपावरलाई एकलाख जरिवाना तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह