२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागले जोर्डनमा नेपाली कामदार लैजाने २३ संस्थाहरु तोक्यो (सुचिसहित)

२०७४, २६ पुष बुधबार १६:५१

पुस २६, काठमाडौं । जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौताअनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । 

वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।

अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।

उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौताअनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । 

‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने ।

यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्थाहरु  


१- भैरव इन्टरनेसनल सर्भिस प्रा.ली 

२- काठमाडौँ इन्टरनेसनल इन्कर्पोरेट प्रा.ली

३- वर्ल्ड वाइड इम्प्लाइमेन्ट कन्सल्टेन्ट प्रा.ली 

४- कन्चन ह्युमन रिसोर्स मेनेजमेन्ट प्रा.ली


५- गल्फ लिंक ओभरसिज प्रा.ली

६- ग्लोबल एलाइन्स कन्सल्टेन्सी सर्भिस प्रा.ली

७- स्काई ओभरसिज सर्भिस प्रा.ली

८- क्राउन ओभरसिज कन्सल्टेन्सी प्रा.ली


९- बी.बी एण्ड एम इन्टरनेसनल प्रा.ली

१०- नास इन्टरनेसनल प्रा.ली

११- स्यारोन मेनपावर सर्भिस प्रा.ली

१२- गौतम इन्टरनेसनल म्यानपावर सर्भिसेज प्रा.ली


१३- अग्नि ओबारसिज प्रा.ली

१४- सिग्मा ओभरसिज म्यानपावर प्रा.ली

१५- अर्थ भिजन म्यानपावर सर्भिस प्रा.ली

१६- माउन्टेन ग्रुप इन्टरनेसनल प्रा.ली


१७- डेल्टा इम्प्लोइमेन्ट सर्भिस प्रा.ली

१८- शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रा.ली

१९- युरो क्रस इन्टरनेसनल प्रा.ली

२०- हिमाराब ओभरसिज प्रा.ली


२१- म्यानपावर लिंक 

२२- फ्रन्टलाइन रिक्रुमेन्ट प्रा.ली

२३- विजे ओभरसिज प्रा.ली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण