२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई थपियो आर्थिक भार

१८ फाल्गुन २०७४, शुक्रबार १०:३०

फागुन १८, काठमाडौं । साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती सिर्जना गरिएको छ । 

अब यी देश जाने कामदारले मेडिकलका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्नेछ ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले नयाँ नियम लागू गर्दै गाम्का नेपाल बन्द गराएको छ । नेपालसिहत इन्डोनेसिया र श्रीलंकाको गाम्का संस्था खारेज गरेको हो ।

अब साउदी अरब, ओमन र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ ।

अब कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइनको ‘बुक योर एपोन्टमेन्ट’ मेनुमा विवरण भरेर जीसीसी स्लिप जेनरेट गर्नुपर्छ । त्यसबाटै आफूलाई पायक पर्ने मेडिकलमा एपोन्मेन्ट लिनुपर्नेछ । कतिपय अवस्थामा सिस्टमले नै मेडिकल छान्नेछ ।

यो एपोन्टमेन्ट लिन अनलाइनबाटै जीसीसीलाई रजिष्ट्रेशनका बापत १० डलर भुक्तानी गर्नुपर्छ । यसले काकदारलाई थप आर्थिक भार थप्नेछ । अहिले गाम्का अन्तरगत ११ वटा मेडिकल छन् । यि मेडिकलमा कामदारले ५५ सय रुपैयाँ तिरिरहेका छन् ।

गाम्काले झण्डै १८ महिनाअघि देखिनै थप १० डलर उठाउन खोजेको थियो ।  तर, सरकारले कामदारलाई आर्थिक भार सिर्जना गर्ने गरी थप १० डलर लिन गाम्कालाई अनुमति दिएको थिएन । राष्ट्र बैंकले यसरी संकलित रकम विदेश लैजान नदिने भनेपछि जीसीसीले अनलाइनबाटै रकम बुझ्ने व्यवस्था लागू गरेको हो ।

म्यानपावर व्यवसायीले भने सरकारको स्वीकृति बेगर यस्तो व्यवस्था लागू गर्दा कामदार मर्कामा पर्ने बताएको छ । अहिले विदेशिने कामदारले डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्ने अवस्था छैन । कमाउन जान लागेका कामदारलाई जीसीसीले अनावश्यक झन्झट सिर्जना गरिदिएको छ ।

यि तीनदेशमा जाने नेपालीको संख्या ठूलो छ । मेडिकलमा नाममा अहिले विदेशिने कामदारलाई अनावश्यक आर्थिक भार सिर्जना गर्न रोजगारदता देश अग्रसर भएका छन् ।

युएईले स्वास्थ्थ परीक्षणका नाममा ४ हजारभन्दा बढी रजिष्ट्रेसन शुल्क उठाउँछ भने अब कतारले पनि यस्तै रकम उठाउने संस्था स्थापना गर्न लागेको छ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान