२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायीको आक्रोस फेसबुक स्टाटसमा !

२०७४, २६ चैत्र सोमबार १०:५५

चैत्र २६,काठमाडौँ । पछिल्लो समय बैदेशिक रोजगार व्यवसायी विच एकले अर्कालाई आरोप-प्रत्यारोपमा उत्रिंदै गएका छन् । आफ्ना कमिकमजोरीलाई सच्याउँदै बैदेशिक रोजगार भित्रको बेथितिको विरुद्ध आवाज उठाउनु पर्ने बेलामा स्वयम्  त्यसको सट्टा फेसबूकमा आफ्ना कमीकमजोरी सार्वजनिक गर्दै आएको देखिन्छ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको कार्यशैली प्रति संघका पुर्व अध्यक्ष बिमल ढकालले गरेको एक टिप्पणी हेर्नुहोस्: 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ र संघकै पुर्व अध्यक्ष बिमल ढकालको आफ्नो फेसबुकका वालमा टिप्पणी गर्दै आएका छन् । कार्यशैली प्रति कांग्रेस समर्थित नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले समेत संघको ध्यानाकर्षण गर्दै आएको छ भने संघले आफ्नो कार्यशैली ठिक मान्दै आएको छ । 


नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सपथ ग्रहणसंगै बैदेशिक रोजगारीमा हाल भैरहेको कानून पूर्ण पालाना गर्ने बताईरहंदा संघका अध्यक्ष गुरुङले म्यानपावर व्यवसायीलाई सोधेका छन् भोलिबाट चलिरहेको पसल बन्द गर्नुपरे के गर्छौ ?

यस अघी व्यवसायी संघले गरेको एक कार्यक्रममा श्रममन्त्री विष्टले हालको नियम विपरित काम गर्ने छुट कसैलाई नहुने तर बैदेशिक रोजगार व्यवसायमा देखिएको सिण्डिकेट हट्ने भनेपछि संघका अध्यक्ष गुरुङले यस्तो स्टाटस लेखेका थिए । 


नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन पश्चात संघ र यसको कार्यशैली प्रति नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले संघले पटक पटक सचेत गराउंदै आएको छ ।  ब्यवसायी फोरमले संघको निर्वाचनमा रोहन गुरुङले गरेका प्रतिवद्धता पुरा नगरेको,संघको भवन निर्माणको नाममा व्यवसायीसंग जवर्जस्ती रकम माग गरेको लगायतमा आरोप लगाउँदै आएको देखिन्छ ।   

नेपाल लोकतान्त्रिकबैदेशिक रोजगार ब्यवसायी फोरमको विज्ञप्ति प्रति संकेत गर्दै बिमल ढकालले लेखेका छन् । 


व्यवसाय भित्रको व्यथिति खोजि गरि बैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न आपसी सहमति र विश्वास कायम गर्दै  एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बेलामा सामाजिक संजाल मार्फत आरोप प्रत्यारोपमा उत्रिनुलाई धेरैले चासोका रुपमा हेर्दै आएका छन् । 

परिवर्तन पेलेर होइन सहि योजनाले हुन्छ,व्यवस्थित कडाई मात्र गरेर होइन व्यवहारिक नीतिबाट मात्र हुने भन्दै रोहन गुरुङले सरकारको कार्यशैली प्रति टिप्पणी गरेका छन् ।   

व्यवसायी विच सामाजिक संजालमा देखिएका यस्ता टिका-टिप्पणी सार्वजनिक गर्नु भन्दा पनि व्यवसाय भित्रका समस्या समाधानका लागि सम्पूर्ण व्यवसायी एक हुने बेला आएको होइन र अध्यक्ष तथा पुर्व अध्यक्ष ज्यू ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल