२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा वेथितीको रामराज्य अब चल्दैन: गोकर्ण बिष्ट

२०७५, ३ बैशाख सोमबार १२:४८

बैशाख ३, काठमाडौं । सरकारले विदेशी जेलमा रहेका नेपाली कामदारको कानुनी प्रतिरक्षाको लागि तत्काल कानुनी सेवा दिने निर्णय गरेको छ । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका अध्यक्ष समेत रहेका श्रम मन्त्री गोकर्णराज विष्टको अध्यक्षतामा बसेको बोर्डको बैठकले नेपाली दूतावास मार्फत कानुनी सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

कानूनी सेवाका लागि दूतावासमा सम्बन्धित देशका स्थानीय नागरीक वा कानुन र भाषा जानेको कर्मचारी नियुक्ति गर्ने निर्णय भएको जानकारी श्रम मन्त्री गोकर्णराज विष्टले पत्रकार सम्मेलन मार्फत दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार गन्तब्य देशका जेलमा मात्रै ५ सय २८ नेपाली रहेका छन् । 

वोर्डले कानुनी सेवा मिलाउनको लागि मापदण्ड वनाउनको लागि एक कार्यदल वनाएको छ। कार्यदललाई परराष्ट्र मन्त्रालयसँग छलफल गरी ७ दिनभित्र मापदण्ड वनाउने जिम्मेवारी दिइएको छ । बोर्डका कार्यकारी निर्देशक राघुराज काफ्लेले मापदण्ड नबन्दा जेलमा रहेका नेपालीको लागि कानुन प्रतिरक्षा हुन नसकेको बताउंदै अब सवैलाई कानुनी सेवा दिन सकिने गरी नीतिगत रुपमा अगाडि बढेको जानकारी दिए । 

अध्ययन गर्न ४ कार्यदल 


प्रवर्द्धन बोर्डको बैठकले छुट्टा छुट्टै चार कार्यदल बनाउने निर्णय गरेको छ । बोर्डको बैठकले रोजगारीका क्रममा अंगभंग भएका तथा ज्यान गुमाएकाहरुको परिवारले पाउने सेवा सुविधा प्रदेश र स्थानीय तहमै दिन सकिने नसकिनेबारे अध्ययन गर्न श्रम सचिवको नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदललाई एक महिनाको म्याद दिइएको छ ।

हालसम्म भएका श्रम सम्झौताको पुनरावलोकन र अब गरिने श्रम सम्झौताका लागि के कस्ता विषय समेट्नुपर्छ भन्ने सिफारिस गर्न पूर्वसचिव पूर्णचन्द्र भट्टराईको नेतृत्वमा अर्को कार्यदल बनाएको छ । यस्तै फ्री भिसा फ्री टिकट लागू भएका बाहेकका देशमा जीटुजीको सम्भावना, सेवा शुल्कबारे अध्ययन गरी सिफारिस गर्न पूर्वराजदूत उदयराज पाण्डेको नेतृत्वमा अर्को कार्यदल पनि गठन भएको छ ।

रेमिट्यान्सलाई बैंकिङ च्यानलमा ल्याउने विधि, कानुन र संरचना, विप्रेषण लगानी कोष स्थापनाबारे सुझाव दिन श्रम सचिवको नेतृत्वमा कार्यदल गठन भएको छ ।बैठकले रोजगारीका क्रममा ज्यान गुमाएकाहरुको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० दिनभित्र छुट्टै कक्ष र प्रतिक्षालय बनाउने निर्णय गरेको छ ।

बोर्डले नयाँ गन्तब्य मुलुकको अध्ययन र सेवा शुल्कको मापदण्ड तय गर्न, बिभिन्न देशसँग भएका श्रम सम्झौताको अध्ययन र पुनरावलोकन गर्न र रेमिट्यान्सको सुदपयोगको लागि ‘विप्रेषण लगानी कोष’ वनाउन छुट्टा छुट्टै बिशेषज्ञ कार्यदल वनाएको छ।

वेथितीको रामराज्य अब चल्दैन: गोकर्ण बिष्ट


सरकारले जनताको हितको लागि कुनै पनि निर्णय गर्न पछि नपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  गोकर्ण बिष्टले बताएका छन् । बहुसंख्यक जनताको हितको लागि जे आवश्यक पर्छ सो निर्णय लिन पछि पर्दिन उनले भने ''बैदेशिक रोजगारका क्षेत्रमा वेथितीको रामराज्य अब चल्दैन।" कुनै पनि विषयमा सरकारले आवश्यकता र औचित्यका आधारमा निर्णय लिने भन्दै उनले परराष्ट्र तथा गृहमन्त्रीसंग मिलेर छुट्टा छुट्टै निर्णय भई सकेको र सो केहि दिनमै सार्वजनिक गर्ने बताए ।  

सरकारले २०७२ असार २५ गतेबाट लागू गरेको फ्री भिषा र फ्री टिकटको व्यवस्थामा केहि दिनमै नयाँ निर्णय सार्वजनिक गर्ने जनाएको छ । साथै सरकारले मलेसिया सहित ७ देश बाहेक वैदेशिक रोजगारीमा जाने कामदारले तिर्नुपर्ने सेवा शुल्कको समेत परिमार्जन गर्ने तयारी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश