२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनको अधिराजकुमार खलिफासँग नेपाली राजदूतको भेटवार्ता

२०७५, ४ बैशाख मंगलवार ०५:३७

बैशाख ४, काठमाडौँ (रासस) | बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खलिफाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आइतबार मनामास्थित गुडैबिया दरबारमा भएको भेटका क्रममा अधिराजकुमार खलिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गर्नुभयो । सोही अवसरमा राजकुमार खलिफाले नेपालको अर्थतन्त्र र राजनीतिक अवस्थाबारे चासो देखाउनुभएको दूतावासले जनाएको छ । 

भेटका क्रममा विद्यमान दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने, बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने, बहराइन र नेपालका निजी क्षेत्रबीचको सम्बन्धलाई सुधार गर्नेलगायतका विषयमा छलफल भएको थियो । 

सो अवसरमा राजदूत सुन्दासले नेपाली कामदारका लागि बहराइन सरकारले गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । भेटका क्रममा राजदूत सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकको संरक्षणमा दुई देशबीच सहकार्य गर्ने बताउनुभयो । 

भेटका क्रममा दूतावासका नियोग उपप्रमुख खगराज पाण्डेय र तृतीय सचिव अमृत लोप्चनको समेत सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश